बुधबार, बैशाख १२, २०८१

पोषिला खाद्य पदार्थको प्रवद्र्धनका लागि आयोजित खाद्य मेला आज समापन हुँदै

काठमाडौं आषाढ ११, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले स्थानीय खाद्य वस्तुको प्रवद्र्धन तथा खानेबानीको ज्ञान प्रवह गर्ने लक्ष्य सहित शुक्रवारबाट राजधानीको भृकुटीमन्डपमा दुइ दिने खाद्य मेलाको आयोजना गरेको छ ।  स्थानीयस्तरमा पाइने पोषणयुक्तको खानाको प्रवद्र्धन गर्ने उद्देश्यले ‘परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषकका लागि खाने बानीमा सुधार गरौं’ भन्ने सन्देशसहित downloadराजधानी प्रस्तुत मेलामो आयोजना गरिएको विभागले जनाएको छ ।

गर्ने भएको छ । मेलामा देशका परम्परागत स्थानीय खाद्य पदार्थ, उद्यमी व्यवसायी, जाति विशेषले प्रयोग गर्ने खाद्य पदार्थको प्रदर्शन समेत गरिने विभागले जनाएको छ ।  आज सम्म हुने मेलामा नेपालका पूर्वदेखि पश्चिमसम्म पाइने परम्परागत नेपाली खानाका स्टल राखिएका छन् । आज सम्म हुने मेलामा नेपालका पूर्वदेखि पश्चिमसम्म पाइने परम्परागत नेपाली खानाका स्टलमा गहुँ, जौ, उवा स्थानीयस्तरमा निर्मित अचार, फलफूललगायतका विभिन्न पौष्टिक तत्वयुक्त वस्तु प्रदर्शनीमा राखिएका छन् ।

यस अघि विभागले गत ज्येष्ठ २१ र २२ गते ओखलढुङ्गामा त्यस्तै गरि २९ र ३० गते सिन्धुलीमा र आषाढ ३ र ४ गते लमजुङमा पनि खाद्य मेलाको आयोजना गरेको आयोजना गरिसकेको जानकारी दिएको छ ।