बुधबार, जेष्ठ २, २०८१

जिल्लाको विकासमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका

काठमाडौं आषाढ ८, नेपाल पत्रकार महासंघ भक्तपुरले नुवाकोटको ककनीमा आयोजना गरेको भक्तपुरको विकासमा पत्रकारको भूमिका विषयको अन्तरक्रिया कार्यक्रममा जिल्लाको विकासमा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्नेमा भक्तपुरका सञ्चारकर्मीहरुले जोड FNJ-logo-300x2461दिएका छन । अन्तरक्रियामा सहभागी सञ्चारकर्मीले जिम्मेवारी पूर्वक समाजको पहरेदारको रुपमा काम गरे विकास निर्माणका कार्य गुणस्तरिय हुने बताउँदै पेशागत सुरक्षामा समेत जोड दिएका छन । कार्यक्रममा नेपाल पत्रकार महासंघ कन्द्रीय सदस्य ईश्वरी वाग्लेले सञ्चारकर्मीहरुले जिल्लाका विकासका सम्भावना, शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका विषयमा समाजलाई सु–सुचित गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले समाजलाई सकारात्मक दिशातर्फ दो[याउने प्रमुख दायित्व सञ्चारकर्मीको भएको बताउँदै सञ्चारकर्मी जिम्मेवार हुनुपर्ने विचार व्यक्त गर्नुभयो । पत्रकारहरु आपैंm पनि सक्षम हुनुपर्ने उल्लेख गर्दै उहाँले त्यसका लागि उनीहरुको क्षमता अभिबृद्धि र पेशागत सुरक्षाका लागि महासंघले काम गरिरहेको बताउनुभयो ।

त्यस्तै महासंघका पूर्वकेन्द्रीय सदस्य दिलीप थापामगरले सञ्चारकर्मीले जिल्लाको सुगम क्षेत्रको मात्र नभई ग्रामिण भेगको समाचारलाई पनि प्राथमिकतामा राखेर रिपोर्टिङ गर्ने परिपाटी विकास गर्नुपर्ने बताउनुभयो । ग्रामिण भेगका खानेपानी, स्वास्थ्यस्थिती, कृषि, सडकलगायतका विषयमा कलम चलाउन सके उनीहरुको समस्या र सम्भावना उजागर हुने बताउँदै थापामगरले त्यसले समस्या समाधानमा सम्बन्धित निकायको ध्यानाकषर्ण गराउन सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा महासंघ भक्तपुरका संस्थापक अध्यक्ष रमेश खड्का, नुवागी मिडियामा कार्यरत हरिसुन्दर छुंका, कान्तिपुर दैनिकका गणेश राई, हाम्रो समाज साप्ताहिकका मणिराम लामिछाने, अन्नपूर्ण दैनिकका ईश्वरकाजी खाईजू, न्यूज अफ साप्ताहिकका नविना श्रेष्ठ, रेडियो जनसञ्चार एफ एमका सुरेश साँय्जू, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, सगरमाथा टलिभिजनका जितेन्द्र श्रेष्ठ, ईमेज टेलिभिजनका जयराम बास्तोला, राससका रमेश गिरी, रेडियो नेपालका पुस्कर बुढाथोकी, कान्तिपुर टेलिभिजनका सुन्दर शिल्पकार, भक्तपुर एफ एमका रमिता त्वयनावासुलगायतले महासंघको सुदृढीकरण, पत्रकारहरुको क्षमता अभिबृद्धि र पत्रकारिताको विकास, जिल्लाका विकासका सम्भावनाका बारेमा सुझाव दिनुभएको थियो ।  महासंघ जिल्ला अध्यक्ष अमर भुजुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष सोम शर्मा बजगाईंले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो सचिव जगत प्रजापतिले छलफलमा उठेका विषयलाई प्रस्ट्याउनु भएको थियो । जिल्ला विकास समिति भक्तपुरसँगको साझेदारी कार्यक्रम अन्र्तगत दुई दिन चलेको कार्यक्रममा जिल्लास्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत ३८ सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031