शुक्रबार, बैशाख १४, २०८१

वर्तमान सरकारले चुनाव गराएर मात्र विश्राम लिने मन्त्री ढकालको जिकिर

मधेसी मोर्चाभित्र सिर्जित विवादका कारण सार्थक वार्ता अगाडी बढ्न सकेन
उप सम्पादक अर्याल प्रताप स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानीत

काठमाडौं आषाढ ७, शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले मधेसी मोर्चाभित्रको आपसी किचलो र विवादका कारण सरकारसंगको 13507124_10204838641484978_9136851871116756724_n13442297_10204838651205221_3258896798691578945_n13450869_10204838651405226_2346697612208197270_nवार्ता प्रकृया अगाडी बढ्न नसकेको बताउँनु भएको छ ।  मन्त्री ढकालले आज राजधानीमा नेपाल पत्रकार मञ्चले आयोजना गरेको प्रताप स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाइ सम्बोधन गर्दै ‘सरकार वार्ताका निम्ति सदैव तयार रहेको जनाउ दिदै मधेसी मोर्चा भित्रनै वार्ताको सवालमा तिब्र विवादका कारण समस्या झन्–झन बल्झिदै गइरहेका कारण सरकारले चाहेर पनि सार्थक वार्ता हुन नसकेको बताउनु भएकोछ

त्यस्तै सरकारद्दारा अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण, सञ्चालन र अनुगमनलाई व्यवस्थितका लागि भन्दै सरकारले जारी गरेको ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिकाको सवालमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका व्यवस्थालाई नियन्त्रण गर्ने कुरा सोच्न पनि नसक्ने बताउँदै प्रस्तुत सवालमा भ्रामक प्रचारवाजी भएको भन्दै उहाँले केपी ओली एमाले अध्यक्ष सरकार ढाल्ने र ढलाउने चर्चामा समेत कुनै सत्यता नरहेको प्रष्ट पार्दै वर्तमान सरकारले चुनाव गराएर मात्र विश्राम लिने बताउनु भएको छ ।

साथै त्यस अवसरमा नेपाल परिवार दलका अध्यक्ष समेत रहेका मन्त्री ढकाललले नेपाल पत्रकार मञ्चले स्वर्गीय प्रताप विक्रम शाहीको नाममा स्थापित १५ हजार राशीको पुरस्कार गोरखापत्र राष्ट्रिय दैनिकका उप सम्पादक करुण अर्याललाई प्रदान गर्नुभएको थियो । डोटीका समाजसेवी एवम् शिक्षा सेवी प्रताप विक्रम शाहीको स्मृतिमा उहाका छोरा योगेन्द्र प्रताप शाहीले २०६८ सालदेखि सो पुरस्कार वितरण गर्दै आईरहनु भएको छ ।  प्रताप स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहलाई वासिङटन टाईम्सका प्रतिनिधि डा. रोबर्ट एस किट्टेल, नेपाल परिवार दलका प्रवक्ता सन्तोष पौडेल, नेपाल पत्रकार मञ्चका अध्यक्ष युवराज विद्रोही, महासचिव चन्द्रमणि भट्टराई लगायतले सम्बोधन गर्नु भएको थियो ।