मङ्लबार, बैशाख २५, २०८१

सञ्चार सेवा प्रदायक संस्थाको टावरमा भएको आक्रमणप्रति आयोगको ध्यानाकर्षण

काठमाडौ आषाढ १, राष्ट्रिय मानवअधिकार आयोगले नेत्र विक्रम चन्द माओवादीद्वारा विभिन्न स्थानका सञ्चार सेवा प्रदायक संस्था एनसेल टावरमा भएको आगजनी तथा तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

Nepal_NHRC_Press_Release_NCell_Tower_Attacked_2073-03-01आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी गर्नु भएको विज्ञप्तिमा नेपालको संविधानको धारा (१९) ३ मा सञ्चारको हकमा कानुनबमोजिम बाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोनलगायत सञ्चार साधनलाई अवरुद्ध गर्न नपाइने उल्लेख भएको स्मरण गराउँदै  एनसेलका टावर जलाइएपछि नागरिकको स्वतन्त्रपूर्वक सञ्चार सम्पर्क गर्न पाउने अधिकार प्रभावित भएको जनाएको छ । त्यस्तै विज्ञप्तिमा आयोगले घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन तथा पीडित पक्षलाई उचित क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह गरेको छ ।

यसैवीच आयोगले गत ज्येष्ठ ७ गते ललितपुरको होगल इलाछे, मङ्गलबजारस्थित एक पसलमा ग्यास सिलिन्डर पड्केर तीन जना व्यक्तिको मृत्यु भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । घटनाको सम्बन्धमा अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गर्दै आयोगले आजै उक्त घटनाको सम्बन्धमा स्थानीय प्रशासन तथा नेपाल गुणस्तर तथा नापतौल विभागमा पत्राचारसमेत गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031