मङ्लबार, बैशाख २५, २०८१

ज्येष्ठ २८मा चौथो नेपाल मानवाधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना हुँदै

काठमाडौ ज्येष्ठ २६ , चलचित्रलाई व्यक्तिको बाँच्न पाउने अधिकार संरक्षण गर्न सामाजिक र सांस्कृतिक परिवर्तनको अभियानको रुपमा विकास गरिनुपर्छ भन्ने उद्देश्य राखेर स्थापना भएको मानवअधिकार चलचित्र केन्द्रले राष्ट्रिय मानव अधिकार आयोग तथा संयुक्त राष्ट्र संघिय विकास कार्यक्रम युएनडिपिको सहकार्यमा ज्येष्ठ २८ देखि ३० गतेसम्म चौथो नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव को आयोजना Press-Release(1)गर्ने भएको छ ।

मकोत्सवमा सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिकरुपमा पछि परेका एवम् मानिसले सम्मानपूर्वक, समान व्यवहार पाएर बाँच्न पाउनुपर्छ भन्ने मान्यता बोकेर निर्माण गरिएका नेपाल, भारत, बंगलादेश, पाकिस्तान, इजरायल, इरान, इराक, अष्टे«लिया, कम्बोडिया, अमेरिकालगायत १३ देशका ३२ वटा चलचित्र प्रदर्शनी गरिने महोत्सव निर्देशक पाण्डव खत्री पौडेलद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा यी मध्ये प्रतियोगितातर्फ ५ वटा नेपाली चलचित्रसहित २५ चलचित्र रहने छन् । त्यसैगरी नेपाली कर्नर अन्तर्गत ४ वटा र “अतितका आँखा” अन्तर्गत मोहन मैनालीको जोगिमाराका जिउँदाहरु र ध्रुव बस्नेतको “रक्ताम्य गह्राहरु” को पनि प्रदर्शन गरिनुको अलावा निर्देशक मनोज पण्डितको चलचित्र “छायाँ”को पहिलो सार्वजनिक प्रदर्शन समेत गरिने जनाईएको छ ।

त्यस्तै राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले उद्घाटन गर्नुहुने महोत्सवको ओपनिङ चलचित्र ओस्कार विजेता चलचित्र “अ गर्ल इन द रिभर” प्रदर्शन गरिने उल्लेख गरिएको छ भने महोत्सवको निर्णायकमा इजरायली निर्देशक डान वुल्म्यान, नेपाली निर्देशक छिरिङ रितार शेर्पा र बंगलादेशी निर्देशक शहनवाज काकोलीको रहने प्रस्तुत महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रकर्मी, मानवअधिकारकर्मी, फिल्म समिक्षक, पत्रकार, अनुसन्धानकर्ता र दर्शकको सहभागिता रहने बताईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031