मङ्लबार, बैशाख २५, २०८१

व्यक्ति,व्यक्तित्व र सघर्षका कथा…

काठमाडौं कात्तिक २९  , यी हुन जीवनमा अथक संघर्ष गर्ने व्यक्तित्व राम वहादुर थापा । काभ्रे जिल्लाको सिम्थली गाविस वडा नं. ६ मा वि.सं.२०३१ साल असोज १ गते पितालिला वहादुर थापा र माता विष्णुमाया थापाको कोखवाट जन्मिएका थिए । आर्थिक अवस्था निकै कमजोर भएको परिवारमा जन्मिएका थापाको जीवनमा वालकैमा पिताको देहवसान भएपछि लालनपोषणमा वाधा आइप-यो । घरमा पिताको निधन हुँदा ७/८ वर्षको मात्र थिए । पिताको काजकिर्या गर्ने सरसामाग्री समेत 20161027_150047नहुदा पिताको दाईले जग्गा लिने शर्तमा काजक्रिर्या गरेर घरवार विहीन वनाएका थिए । खानपीन गर्न समेत धौधौ भएको अवस्थामा पेटभर खान नपाएको अवस्था सहन गर्न नसकेर १०/१२ वर्ष कै उमेरमा घर छोडेर शहर पस्न वाध्य भए । वावुको काजक्रियामा खर्चिएको ऋण तिर्न र गुमेको धन वापस ल्याउन निकै प्रयास गर्नु परेको थियो । ज्यामी काम गरेर घरमा आमाको मन खुशी राख्न सफल राम वहादुर थापाले आर्थिक विपन्नताले पढन नसकेर शहर पस्न वाध्य थिए । वालुवा इटा वोकेर ज्यामी काम गरेका थापाले विस्तार विस्तार ट्रयाक्टर चलाउन सिकेछन ।

१६/१७ वर्षको उमेरमा एक चालक वनेका थापाले विस्तार विस्तार टेम्पो चलाउन पनि सिकेर चालक अनुमति पत्र पनि लिएको थिए । टेम्पो चालक वनेर राम वहादुर थापाले घरको समस्या विस्तारै समाधान गर्दै गए । जव राजधानीवाट विक्रम टेम्पो विस्थापित गरियो तव राम वहादुर थापाको जीवनमा केहि उज्याला दिनको शुरुवात भएको देखिन्छ । टेम्पो विस्थापित गराएर सरकारले वदलामा ट्याक्सी दिने घोषणा गरेको थियो । त्यतिवेला रामवहादुर थापा संग १०÷१२ वटा टेम्पो आफ्नो भई सकेको थियो । त्यहि वरावरको ट्याक्सी खरीद गर्न पाउने उनको हैसियत वनेको थियो । भाडामा चल्ने ट्याक्सीको राजधानीमा निकै महत्व वढी सकेको थियो । यसै गरी ट्याक्सी साहु वन्दै मजदुरी पनि संगसंगै गर्दै आएका थापाले एकताका रिकण्डिसन हाउस पनि चलाएका थिए । जस अन्तर्गत ५०० वटा सम्म पनि ट्याक्सी आफ्नो नाममा वनाउन सफल भएको थिए ।
शिक्षा जीवनको अभिन्न अंग भन्ने कुराको पुष्टि राम वहादुर थापाको जीवनशैलीले वताउने गरेको छ । थापाले पढन नपाउनाले र धन अथाहा प्राप्ति गर्नाले त्यस धनको उचित व्यवस्थापन गर्न सकिदैन । उनको जीवनमा पनि यस्तै घटना घटेको यथार्थ यसमा उतार्न कोशिस गरीएको छ । आफ्नो कारिन्दा वनेर काम गर्नेले अथाहा सम्पति कुम्ल्याएर सम्पन्न भइ रहदा थापाले थाहै पाएनन । खान पाउन्जेल सवैले वाह वाह गर्दै गए जव आउने वाटो ढुकुटी रित्तै वनेर वन्द भयो तव तिनै कारिन्दाले प्रहरी प्रशासन, गुण्डागर्दी गरेर सडकवाट आएको फुच्चे वालकलाई जवान भएपछि पनि सडक मै उतारी दिए ।  – यातायात क्षेत्रमा काम गरेको अनुभव समेट्दै आएका थापाले विगत ७/८ वर्ष देखि आम उपभोक्ताको हक अधिकारका लागि आवाज उठाउँदै आएका छन । यातायात क्षेत्रमा निकै नै आर्थिक हिनाविन हुने गरेको कुरा सर्वप्रथम सार्वजनिक गर्ने व्यक्ति नै राम वहादुर थापा हुन । सरकारको कमजोरीका कारण यातायात व्यवसायीले उपभोक्ता ठगी रहेको उदाहरण सहित वडो साहसका साथ भन्दै आएका थापाले उपभोक्ताको हक दिलाउन र सरकारले प्राप्त गर्नु पर्ने राजस्व बृद्धि तर्फ पु-याएको योगदानको खुलेर तारीफ गर्नै पर्छ ।  विभिन्न समयमा फरक फरक माग गर्दै निवेदन राख्ने व्यक्ति तिनै राम बहादुर थापा थिए । उनले शुरु देखि नै माग गर्दै आएका मागमा कुनै माग सरकारले सम्वोधन गरेको छ भने कतिपय माग अझै थाती रहेका छन । ट्याक्सी, वस, माइक्रोवस आदि भाडाका सवारीसाधनको नयाँ दर्ता देशैभरका अञ्चलवाट अविलम्व खुलाइनु पर्ने

 यस्तो छ थापाले प्रस्तुत गरेका मागहरु : 

– पुराना तथा २० वर्ष अवधि पार गरीसकेका सवारी साधनको नविकरण रोकेर त्यस्ता गाडीहरु पूर्णरुपमा विस्थापित गराइनु पर्ने ।
– विद्यमान कानूनमा परिवर्तन गरी मिटर विगारेर उपभोक्ता ठगी गर्ने चालकलाई कडा भन्दा कडा सजाँयको व्यवस्था गरिनु पर्ने ।
– एकाधिकार सम्पन्न नेपाल आयल निगमले वेला वेलामा पेट्रोलियम पदार्थको मुल्य वृद्धि भै राख्ने कारण गाडी चलाउने व्यापारीले वन्द हडताल गराई गाडी भाडा बृद्धि गराउने गरेको हुनाले सरकारले भाडादर निश्चित रुपमा तोकिदिनु पर्ने ।
– भाडाको गाडी सञ्चालन गर्ने व्यावसायीले भाडा वृद्धि गर्दा कम्तीमा पनि ३ वर्ष सम्म एकै भाडा कायम राख्नु पर्ने ।
– चालक अनुमति पत्र लिन लाई कम्तीमा पनि प्रवेशिका परिक्षा उत्तिर्ण गर्नु पर्ने ।
-प्रदुषण रहित गाडीको चाहना वाग्मती अञ्चलमा मात्र नभई देशै भर आवश्यकता परेकोले वातावरण मन्त्रालयले अविलम्व देशैभर लागु गर्नुपर्ने ।
– ट्याक्सीको परमीट उपत्यकामा मात्र सिमित राखेकोले यसलाई वढाएर वाग्मती अञ्चलभर गरीनु पर्ने । सके चितवन र काभ्रे जिल्लामा समेत विस्तार गरे अझ विदेशी पर्यटकको आकर्षण वढ्ने छ ।
– विमानस्थल वरीपरि चल्ने हरीयो नम्वर प्लेटका भाडाका सवारीसाधनको नयाँ दर्ता समेत रोकीएको हुनाले अविलम्व दर्ता खोलिनु पर्ने ।
– सवारी साधनको संख्या अधिक रहेको तर त्यसको अनुगमन र गल्ती माथि गरिनेरीने कारवाहिको कडा कार्यान्वयन नहुने गरेकोले यात्रुमाथीको ठगी नरोकीने भएकोले यसमाथी विचार पु-याइयोस ।

यी माथी उल्लेख गरीएका यातायात उपभोक्ता अधिकार कर्मी राम वहादुर थापाले यातायात मन्त्रालय, यातायात व्यावस्था विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय तथा यसका प्रशासकिय निकायमा समेत माग पत्र राख्दै आएका थिए । यी मागहरु मध्ये प्रमुखत धेरै नै सम्वोधन भइ सकेको छ । तर पनि उल्लेखनीय परिवर्तन नआइ सकेको गुनासो अधिकारकर्मी थापाको रहदै आएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031