बुधबार, बैशाख १९, २०८१

विश्व नेवाः संगीत प्रतियोगिता स्थगन

काठमाडौं मार्ग १ , विश्व नेवाः संगठन नेपाल च्याप्टरको आयोजनामा  आगामी  पौष १८ गते हुने भनिएको  विश्व नेवाः संगीत प्रतियोगिता पछि सारीने भएको छ । आज विश्व नेवाः संगठन नेपाल च्याप्टरले काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गरी अब यो प्रतियोगिता फागुन १४ गते सारीएको जानकारी दिइएको हो ।

anup_20161116_1पत्रकार सम्मलेनमा संगठनका अध्यक्ष पुष्कर माथेमाले प्रतियोगितामा भाग लिन इच्छुक नेपाल बाहिरका महानुभावहरुबाट एक लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रस्तुत प्रतियोगिताको लागी आवश्यक तयारी एवम् अन्तिम प्रतिस्पर्धाको लागी नेपाल आउन आफुहरुलाई समय अपर्याप्त भएको भन्दै समय पछि सार्न अनुरोध आएको हुँदा समय सारिएको भन्नुभयो । साथमा अध्यक्ष माथेमाले नेपालभित्रका इच्छुक प्रतियोगीहरुबाट पनि तिहार र नयाँ बर्षको माहौलबीच तयारीको लागी समय नपुगेको भन्दै अनुरोध आएको बताउनुभयो ।

संगठनका महासचिव रश्मिला प्रजापतिले अन्तिम प्रतियोगिताको लागी प्रतियोगिहरु छनौट गर्न पुष २९ गतेका दिन नेपालभित्रका प्रतियोगीहरुको छनौट (अडिसन)र स्काइप मार्फत माघ ७ र ८ गते नेपाल बाहिरका प्रतियोगीहरुबीच छनौट हुने बताउनुभयो ।  पत्रकारको प्रश्नको जवाफ दिंदैं महासचिव प्रजापतिले यो प्रतियोगितामा संसारभरीबाट जो कोहि कलाकारले पनि नेपालभाषाको गीत गाएर भाग लिन सकिने बताउनुभयो ।