बिहिबार, बैशाख १३, २०८१

वरिष्ठ समाजसेवी प्रधानको निधन

काठमाडौं ज्येष्ठ ४, वरिष्ठ समाजसेवी त्रैलाक्य बहादर प्रधानको गत बैशाख २५ गते ९१ वर्षको उमेरमा असामयिक निधन भएको छ । विशेषत न्याय सेवामा समेत लामो अनुभव संग्लाल्दै सरकारी वकिलको समेत जिम्मेवारी बहन गर्दै जलेश्वर,डोटी र गौर लगायतका जिल्ला तथा पुनरावेदन न्यायलयमा कार्यरत रहनुभएका समाजसेवी प्रधान पछिल्लो समय नेपालबैक लिमिटेडको सल्लाहकार समेत रहनु भएको थियो ।

त्यस्तै पछिल्लो समयमा स्वतन्त्र वकालततर्फ समर्पित प्रधानले जिवनको आरोह अवरोह संगै विस ०४७ पछिका वर्षमा ज्येष्ठ नागरिकको सेवामा समर्पित हुँदै उनिहरुका लागि लत्ताकपडा फलफुल खाद्यान्न निशुल्क उपलब्ध गराउँने कार्य गर्दै समाजसेवाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउँनु भएको छ ।

त्यस्तै उहाँले यहि मेलोमेसोमा आफ्नै नेतृत्वमा नेपाल प्रौढ संघ नामक सामाजीक संस्था गठन गर्दै विरगञ्ज उपमहानगरपालिका क्षेत्रमा वातावरणीय विकासका लागि वृक्षा रोपण स्वास्थ्य सेवा अन्र्तगत आँखाका विरामीहरुका लागि लेन्स वितरण गर्दै समाजसेवाको क्षेत्रमा अद्दितिय भूमिका निवार्ह गर्दै आउँनु भएको छ ।

यसै क्रममा www.kantipurhotline.com को तर्फबाट स्वर्गीय समाजसेवी प्रधानको असामयिक निधन प्रति दुख व्यक्त गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गदैछौं ।