शुक्रबार, बैशाख २१, २०८१

काँग्रेसको भ्रातृ सङ्गठन भूपू सैनिक सङ्घको अध्यक्षमा राना

काठमाडौ ज्येष्ठ २३,  नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल भूतपूर्व सैनिक सङ्घको ५ औं  अधिवेशनबाट सङ्घको अध्यक्षमा कर्णेल धनबहादुर राना निर्वाचित हुनुभएको छ । निवर्तमान अध्यक्ष नारायणप्रसाद कोइरालालाई १०८ मतान्तरले पराजित गर्दै नयाँ अध्यक्षमा निर्वार्चित हुनु भएको Captureहो ।

निर्वाचनमा कुल मतदाता ३ सय ९९ मध्ये २०५ मत खसेको र त्यसमध्ये पनि रानाले २०१ मत प्राप्त गर्नुभएको थियो भने कोइरालाले ९३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै गरि संघको गत २१ र २२ गते भएको निर्वाचनमा महासचिवमा मेघराज टन्डनलाई निर्विरोध निर्वाचित गरेको छ भने कोषाध्यक्षमा टोपबहादुर मल्ल निर्वाचित गरेको छ । साथै कुल ७३ सदस्यीय केन्द्रीय समितिमा ४९ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।