शनिबार, बैशाख ८, २०८१

वरिष्ठ गीतकार बोहराको ११ औ गीति एल्बम विमोचित,लोकप्रिय गायक बैधअभिनन्दित

काठमाडौं ज्येष्ठ २३ , महिला गीतकार संघको आयोजनामा शनिवार राजधानीमा एक विशेष कार्यक्रमकावीच प्राज्ञ एवम् वरिष्ठ गीतकार उन्नती Prabin-Shrestha-6701-2Prabin-Shrestha-6664-2Prabin-Shrestha-6682-2बोहरा शिलाको ११ औ गीति एल्बम यो लामो जिवनको विमोचन गरिएको छ । एल्वममा शम्भुजित बाँस्कोटाको एकल संगीत र गायक  योगेश वैद्यको एकल स्वर रहेको छ ।
संगीत नाट्य प्रज्ञा परिषद्का कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा संघले सुगम नेपाली गायनको क्षेत्रमा माधुर्य स्वरका धनी एवम् लोकप्रिय गायक योगेश बैधले ५ दशकदेखि पु-याएको उल्लेख्य योगदानको कदर गर्दै ५० हजार नगद र ताम्रपत्रद्वारा अभिनन्दन समेत गरेको छ । त्यस अवसरमा गायक बैधलाइ  ग्रिनसिटी अस्पतालका तर्फबाट अध्यक्ष लोकबहादुर टण्डनले समेत रु ५० हजार नगद र ताम्रपत्र सहित  अभिनन्दन गरिएको थियो ।
कार्यक्रममा परिषद्का उपकुलपति शम्भुजित बास्कोटा, वरिष्ठ गीतकार रत्नशमशेर थापा, किरण खरेल, डा. भोला रिजाल लगायत विशिष्ठ अतिथिहरुको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा नवप्रतिभा वोकेका गायक गायीकाहरुद्दारा गीत संगीत समेत प्रस्तुत गरिएको थियो ।