शुक्रबार, बैशाख २१, २०८१

ज्येष्ठ १३ र१४ मा राजधानीमा जलवायु सम्बन्धी क्षेत्रीय सम्मेलन हुँने

काठमाडौ ज्येष्ठ १०, आगामी ज्येष्ठ १३ र १४ गते प्राकृतिक संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ, दक्षिण एसियाली अध्ययन केन्द्र र वैकल्पिक weather__1704847150विकासका लागि युरोप (डिएआइ युरोप) को सहकार्यमा प्राकृत्तिक विपद् जोखिम न्यूनीकरण र जलवायु अनुकूलनसम्बन्धी क्षेत्रीय सम्मेलन हुने भएको छ ।  युरोपेली सङ्घको दक्षिण एसिया प्रतिनिधिमण्डलले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको जोखिम बढेकाले सोको न्युनीकरणका लागि सम्मेलनको आयोजना गर्न लागिएको हो ।

सम्मेलनमा अन्तर्राष्ट्रिय वक्ताले जलवायु अनुकुलता तथा विपद् जोखिम न्यूनीकरण, प्राकृतिक जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका, दक्षिण एसियाली मुलुकहरूले भोग्दै आएको समस्याका विषयमा अनुभव आदान प्रदान गरिने आज कार्यक्रमको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।