बुधबार, बैशाख १२, २०८१

पुनःनिर्माणका काममा चुस्तता ल्याउँ स्थानीय निकायका प्रमुखलाई १४ बुँदे निर्देश

काठमाडौ ज्येष्ठ १०, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका स्थानीय निकायका प्रमुखलाई परिपत्र मार्फत पुनःनिर्माणको काम चुस्त तुल्याउन आइतवार निर्देशन दिएको छ । मन्त्रालयले आइतवार १४ बुँदे परिपत्र जारी गर्दै भूूकम्पबाट Captureअति प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, धादिङ, नुवाकोट, रसुवा, मकवानपुर, गोरखा, काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय विकास अधिकारी, ४२ नगरपालिकाका कार्यकारी अधिकृत र ५७५ गाविसका सचिवलाई पुनःनिर्माणको काम चुस्त रुपमा सम्पादन गर्न भनेको छ । ।

त्यस्तै परिपत्रमा तथ्याङ्क सङ्कलन तथा परीक्षण, लाभग्राही पहिचान तथा दर्ता, बैंक खाता, प्राविधिक कर्मचारीको समन्वय, नाता प्रमाणित, भवन निर्माण अनुगमनपत्र, सूचना प्रवाह, सामाजिक परिचालन, गुनासो व्यवस्थापन, स्वयम्सेवक परिचालन लगायत विषयमा परिपत्र मार्फत स्पष्ट पारिएको मन्त्रालयले जनाएको छ । यस्तो  छ १४ बुँदे निर्देश