शुक्रबार, चैत्र १६, २०८०

अफिम र चरेसको कारोबारी कार्की र तामाङद्दय पक्राउ

धाक धम्की तथा डरत्रास देखाई रकम माग्ने पक्राउ

काठमाडौं ज्येष्ठ १० ,नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरोकोटेश्वरबाट खटिएको विशेष टोलीले अवैध लागुऔषध अफिम तथा चरेसको कारोबारमा संलग्न भएको आरोपमा पक्राउ गरेका अभियुक्तत्रय क्रमस इन्द्रबहादुर कार्की, धनबहादुर तामाङ र राहुल तामाङलाई तीन आज सार्वजनिक गरेको छ ।
1457780878nepal-policeब्युरोले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार ब्युरोबाट खटिएको विशेष टोलीले मकवानपुरका इन्द्रबहादुर कार्कीलाई अवैध लागुऔषध अफिम एक किलोसहित यही ज्येष्ठ ६ गते राजधानीकोे बल्खुबाट र सोहि दिन कलङ्की मकालु पेट्रोल पम्प अगाडिबाट धादिङका धनबहादुर तामाङ र राहुल तामाङलाई अवैध लागुऔषध चरेस सुटकेसभित्र फल्स बटम बनाई लुकाइछिपाई विदेश पठाउन तयार गरिएको अवस्थामा ७ किलोसहित पक्राउ गरेको पक्राउ गरेको जनाएको छ ।अभियुक्त मध्य कार्कीले अफिम भारततर्फ बिक्री वितरण गर्ने योजना बनाएको तामाङद्दयले कारोबारी मार्पmत हङकङ र थाइल्यान्ड पठाउने गरेको प्राारम्भिक अनुसन्धानबाट खुल्न आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

यसैवीच विभिन्न किसिमका धाक धम्की तथा डर त्रास देखाई रकम माग गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ललितपुर हरिसिद्धि बस्ने खोटाङ फेदीगा–२ घर भएका २७ बर्षीय पुष्पराज राई र २७ बर्षीय हस्तराज राई रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तद्दयले काठमाडौँ नयाँबानेश्वर बस्ने ३६ बर्षीय ताराविर विकलाई विभिन्न मोवाइल नम्वरहरु प्रयोग गरी धाक धम्की तथा डर त्रास देखाई रकम माग गरेका थिए ।  महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार बुद्धनगरबाट नगद ६५ हजार रुपैयाँ र ५ थान मोवाइल सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।