शुक्रबार, बैशाख २१, २०८१

म्यादी सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनको सम्भावना नभएको सभापति देउवाको जिकिर

काठमाडौ बैशाख २६, व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले आगामी आवका लागि घोषणा गरेको नीति तथा कार्यक्रम sher-bdrकार्यान्वयन हुनै नसक्ने बताउँनु भएको छ ।

सभापति देउवाले सरकार आफैमा म्यादी भएको प्रतिक्रिया दिदै सरकारका मन्त्रीबाटै एउटा सरकारले बजेट ल्याउने अनि अर्काे सरकारले कार्यान्वयन गर्ने सहमति भएको भन्ने भनाइ सार्वजनिक भइरहेको बेला आएको यो नीति तथा कार्यक्रम कार्यान्वयनको सम्भावना नरहेको उहाँको जिकिर रहेको थियो ।