शुक्रबार, चैत्र १६, २०८०

एनसेलद्वारा लाभकरको १५ प्रतिशत अग्रिम कर दाखिला

काठमाडौ बैशाख २६, निजी क्षेत्रको ठूलो दूरसञ्चार प्रदायक कम्पनी एनसेलले सेयर बिक्रीको दौरान प्राप्त लाभकरको १५ प्रतिशत रकम ncellआज दाखिला गरेको छ ।  एनसेलले टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्स् एसले रेनल्ड्स् होल्डिङ्स् लिमिटेड (रेनल्ड्स्) को सेयर बिक्री गर्दा भएको लाभको १५ प्रतिशत रकम अन्र्तगत रु ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार दाखिला गरेको एनसेलले जनाएको छ । अग्रिम कर दाखिला गर्दै गर्दा सम्पूर्ण कारोबारमा एनसेलको कुनै संलग्नता नरहेको र कारोबारको दौरानमा एनसेलले न त कुनै भुक्तानी दिएको आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।