शनिबार, बैशाख १५, २०८१

राष्ट्रपतिमा धन्यवाद ज्ञापन

काठमाडौ बैशाख २६, व्यवस्थापिका–संसद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशनलाई आज गर्नुभएको सम्बोधनका ,लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संसद्को 20150322preps-on-to-promulgate-new-statute-on-republic-day-300x0आजको दोस्रो बैठकमा प्रस्तुत गर्नुभएको सो धन्यवाद प्रस्तावलाई एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेले समर्थन गर्नुभएको थियो ।

संसद्को आजको दोस्रो बैठकमा प्रधानमन्त्री केपी ओलीले व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशनमा राष्ट्रपतिद्वारा गरिएको सम्बोधनको प्रति टेबल गर्नुभएको थियो ।  नीति तथा कार्यक्रममाथि यही वैशाख २८, २९ र ३० गते छलफल हुने र सो छलफलमा उठेका जिज्ञासामाथि प्रधानमन्त्री ओलीले वैशाख ३१ गते जवाफ दिनुहुने सभामुख ओनसरी घर्तीले बैठकमा जानकारी दिनुभयो ।  उहाँले नीति तथा कार्यक्रममाथि संशोधन भएमा भोलि बिहान १० बजेदेखि ५ बजेसम्म प्रस्ताव दर्ता गराउन समय निर्धारण गरिएको जानकारी दिनुभएको छ संसद्को अर्को बैठक वैशाख २८ गते बिहान ११ बजे बस्नेछ ।