मङ्लबार, बैशाख १८, २०८१

संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयमाथि अनुगमन थाल्ने

काठमाडौ वैशाख २१, नेविसङ्घ, अनेरास्ववियु, अनेरास्ववीयु (क्रान्तिकारी), अनेरास्ववियु (पाँचौँ), अनेरास्ववियु(छैटौँ)लगायत ११ विद्यार्थी सङ्गठनकाकोे सहभागीता रहेको संयुक्त विद्यार्थी सङ्गठनले मनोमानी शुल्क उठाउने विद्यालयमाथि बुधबारदेखि कडाइका साथ अनुगमन 13151644_10154139408412329_1115363891076176812_nगर्ने निर्णय गरेको छ । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले निजी विद्यालयले राज्यको नियम कानुनभन्दा आफूलाई माथि सम्झी मनोमानी शुल्क असुल्ने गरेको आरोप लगाउँदै १३ अनुगमन समिति बनाएर अनुगमन सुरु गर्न लागिएको जानकारी दिनु भएको छ ।

नेविसङ्घका प्रवक्ता युपी लामिछानेले निजी विद्यालयले राज्यको नियम कानुनभन्दा आफूलाई माथि सम्झी मनोमानी शुल्क असुल्ने गरेको आरोप लगाउँदै १३ अनुगमन समिति बनाएर अनुगमन गरिने जानकारी दिदै समग्र शिक्षा क्षेत्रको विकासका लागि बजेट बढाउनका सरकारसँग माग गरेको छ । त्यसका लागि प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको जानकारी दिनु भएको छ । साथै बैठकले गत वर्ष सरकार तथा विद्यार्थी सङ्गठनबीच भएको १० बुँदे सहमति लागू गराउन दबाब दिनुको अलावा स्वदेशमा रोजगारीको माग राखी खुल्लामञ्चमा आमरण अनशन बसेका युवालाई तत्काल वार्ता गर्न बोलाई तिनको जीवन रक्षा गर्न विद्यार्थीले सरकारलाई आग्रह गरेका छन् ।