सरकारको रवैया अप्रजातान्त्रिक प्रवृतिको पराकाष्ठा: किशोरी महतो
काठमाडौ चैत्र २१, भारत र युरोपेली मुलुक वीचको १३औँ ब्रसेल्स सम्मेलनपछि जारी भएको सयुक्त वक्तव्यमा नेपालका बारेमा गरिएको टिप्पणी आफैमा स्वागत योग्य भएको भन्दै किशोरी महतो नेतृत्वको राजसंस्था वादी वृहत समूहले प्रस्तुत संयुक्त वक्तव्य औपचारिक स्वागत गरेका छन । राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै समूहले आफ्नो धारणा सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा समूहका नेता किशोरी महतोले नेपालको संविधानले सबै पक्षलाई समेट्न नसकेको अवस्थामा भारत र ईयूले सबै पक्षलाई समेटेर लैजान दिएको सुझाव आफैमा स्वागत योग्य भएको तर्क गर्दै यसलाई आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै मन्त्रीपरिषदको बैठकले गरेको निणैय आफैमा न्यायसंगत नभएको जिकिर प्रस्तुत गर्नु भएको थियो । त्यस्तै उहाँले गत आश्विन ३ गते मसलुकमा जारी संविधानले नेपालका मधेसी, जनजाति, हिन्दू धर्मावलम्बि र राजाबादीहरुको भावनालाइ पूर्णत उपेक्षा गर्दै निषेधको राजनिति गर्दै आएको सवालमा भारतले नेपालको हितमा योगदान गर्नुलाई हस्तक्षेपको परिभाषा भित्र राख्ने सरकारको रवैया अप्रजातान्त्रिक प्रवृतिको पराकाष्ठा भएको बताउँदै २०४६ सालमा भारतीय नेता चन्द्र शेखर आएर नेपालको ब्यवस्था विरुद्ध बोल्दा र भारतमा १२ बुँदे सम्झौता गर्दा उचित मान्नेले अहिले ब्रसेल्समा नेपालको संविधान अपुरो छ भन्दा आत्तिलिएर अभिब्यक्ति दिनु आफैमा विरोधाभाषको कुण्ठा भएको तर्क प्रस्तुत गर्नु भएको थियो ।
पत्रकार सम्मेलनमा समूहका सदस्य एवम् पत्रकार अस्मिता भण्डारी दिनबन्धु अर्याल लगायतले पनि ब्रसेल्समा भारत र ईयूले जारी गरेको संयूक्त बक्तब्यको स्वागत गर्दै नेपालमा निषेधको राजनीति अन्त्य गरी सबैको माग समेट्न दिएको सुझावमा विमति राख्न नहुँनेमा जोड दिनु भएको थियो ।
पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति जस्ताको त्यस्तै :