बिहिबार, बैशाख १३, २०८१

राप्रपासँग एकता प्रक्रियालाइ निष्कर्षमा पु-याउन माग

काठमाडौ चैत २१ , राप्रपा नेपाल समानान्तरसँग आवद्ध भातृ संगठनहरु राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन क्रमस नेपाल, राष्ट्रिय युवा मोर्चा, लोकतान्त्रिक समावेशी ट्रेड यूनियन स्वतन्त्र तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको संयुक्त वैठकले राप्रपा नेपाल समानान्तर bigyaptiकेन्द्रीय कार्यसमितिले राप्रपासँग एकता प्रक्रियालाई यथाशीघ्र निष्कर्षमा पु¥याउन नेतृत्वलाई आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले महँगी, भ्रष्टाचारविरुद्ध सशक्त कार्यक्रम सञ्चालन गर्ने र यही चैत २६ गते रत्नपार्कमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।  साथै विज्ञप्तिमा राप्रपा नेपालका सहअध्यक्ष केशरबहादुर विष्ट निलम्बन प्रकरणबाट राप्रपा नेपाल आफ्ना आधारभूत सिद्धान्त र विचारमा विचलित भएको तथा त्यसले जनताको अभिमतको अपमान गरेको ठहर गरेको उल्लेख गरिएको छ ।