शनिबार, बैशाख ८, २०८१

कार्कीका हत्यामा संलग्न ५ फरार अभियुक्त पक्राउ

भक्तपुर चैत्र २२, भक्तपुरको सूर्यविनायक नगरपालिका– १३ चित्तापोलका ४७ वर्षिय पुष्करराज कार्कीको सामान्य विवादकाको निहुँमा हत्या गरि फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरविाट प्राप्त घटना विवरण अनुसार गत २० गते शनिबार राति सोही गाउँमा images (1)रहेको काचो इँटा बनाउने ठाउँमा कार्कीको हत्या गरी फरार रहेका पाँच जनालाई महानगरीय प्रहरी वृत्त जगातेले पक्राउ गरी आइतवार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे सिपाली चिलाउने–२ का वर्ष १८ को वज्रसिंह लामा, सोही ठाउँका वर्ष १६ को मानबहादुर लामा, काभ्रे चापाखोरी–९ का वर्ष २१ को रामबहादुर लामा, रामेछाप हिलेदेवी गाविस–५ घर भई हाल सूर्यविनायक–१३ बस्ने वर्ष ३८ को बलबहादुर भन्ने युवराज लामा र काभ्रे चापाखोरी गाविस–९ वस्ने वर्ष २७ को कुमार लामा रहेका छन् ।