आइतवार, बैशाख २३, २०८१

अटिजम वालवालिको अधिकारलाइ सुनिश्चित गर्न विशेष शिक्षाको व्यवस्था : मन्त्री पोखरेल

अटिजम समस्याबाट पिडित बालबालिकालाई थुनेर नराख्न पिडित वालक काफ्लेको आग्रह

काठमाडौं चैत्र २१ , आज चैत्र २० अर्थाथ विश्व अटिजम जनचेतना दिवस । आजको दिन अटिजम भएका बालबालिका स्वयममा जनचेतना जगाउन सरोकारवाला संघसंस्थाले प्रस्तुत दिवसको मुलमर्मलाई आत्मासात गर्दै विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाएका
छन । यसै क्रममा बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र एसएसडिआसीले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आथित्यतामा एक विशेष कार्यक्रमको  आयोजना गर्दै शनिवार  विश्व अटिजम तथा अभिभावक दिवस मनाएका छन ।
कार्यक्रममा मन्त्री पोखरेलले अटिजम भएका वालवालिको अधिकारलाइ सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गदै प्रस्तुत समस्यावाट पिडित वालवालिको लागि राज्यको भूमिका अन्र्तगत विशेष शिक्षाको लागि व्यवस्था गर्न निर्देशन दिइसकेको बताउँनु भएको थियो । कार्यक्रममा संस्थाको तर्फबाट मन्त्री पाखरेललाइ ध्यानाकर्षण सहितको १० बुँदे ज्ञापन पत्र समेत दिईएको् थियो ।
त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति विषण्ु निष्ठुरी समाजसेवी डिके ढुङगाना लगायतका वक्ताहरुले
अटिजम भएका बालबालिकाको क्षेत्रमा स्कुलले गर्दै आएको योगदान आफैमा महत्वपूण भएको जिकिर गर्नु भएको थियो भने अटिजम भएका बालबालिकाको तर्फबाट बोल्दै आदेशराज काफ्लेले आफुजस्तै अटिजमको समस्या पिडित बालबालिकालाई कोठामा थुनेर नराख्न आग्रह गर्दै उनिहरुलाइ स्मुल जाने वातावरण बनाइदिन बढो मार्मिक ढंगबाट आग्रह गरेका थिए ।

त्यस्तैगरि केन्द्रका संस्थापक तथा कार्यकारी निर्देशक सबिता उप्रेतीले अटिजम भएका बालबालिकापनि अवसर दिदै समाजमा सामाजिकिकरण गराइ पुनस्थापित गराउन सकिन्छ र उनिहरुलाई हौसला दिने हो भने सफलता चुम्न समय नलाग्ने जनाउँ दिदै विश्व अटिजम जनचेतना दिवस मनाउँदै गर्दा अटिजम भएका बालबालिका लागि राज्यले पाठ्यक्रम समेत तयार गर्न नसकेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो ।  कार्यक्रममा अटिजम भका वालवालिकाहरु सहित स्वदेशी तथा विदेशी संघसंस्थाका प्रतिनिधीहरुलाइ सम्मानीत गरिएको थियो ।

फोटो सौजन्य: बिशेष स्कुलतथा पुर्नस्थापना केन्द्र एस.एस.डि.आ.सी