आइतवार, बैशाख २३, २०८१

काँग्रेस सभापति देउवा र कालीबाबा बीच भेट्वार्ता ,हिन्दूराष्ट्र कायम गर्न भूमिका निर्वाह गर्न आग्रह

काठमाडौं चैत्र १८,  हिन्दूराष्ट्र पुनस्र्थापनाको लागि विभिन्न अनुष्ठानलगायतका अभियान सञ्चालन गरी समय समयमा चर्चामा आउने गर्नु भएका कालीबाबाले यस पटक राजधानीको गागलफेदिमा निर्माण हुन लागेको कालिका मन्दिर एवम् आश्रमको लागि भूमिपूजनका कालीबाबाको काठमाडौं गतिविधि 2लागि काठमाडौं आउँदा बुढानिलकण्ठको दर्शन  सहित आज नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग बाबाको विशेष भेटवार्ता गर्नु भएको बताइएको छ ।भेटको क्रममा बाबाले सभापति देउवालाई मुलुकलाइ हिन्दूराष्ट्र कायम गर्न भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै वावाले गरी पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, सोही पार्टीका सांसद एवं पूर्वमन्त्री नारायणप्रसाद साउद, हरिबोल भट्टराई, राप्रपाका सहअध्यक्ष प्रकाश चन्द्र लोहनी, नेपाल सरकारका वर्तमान राज्यमन्त्री कुन्तीकुमारी शाही लगायतका राजनीतिक व्यक्तित्त्वहरूले भेट् गरेको स्रोतले बताएको छ  भने नेपाल सरकारका उच्चपदस्थ अधिकारी सहित विश्व हिन्दू महासंघका कार्यवाहक सभापति  शास्त्री अर्जुनप्रसाद बास्तोला, शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक एवं संयुक्त सनातन मोर्चाका संगठन प्रमुख दीपक सुवेदी, शब्द चिन्तन संघका संयोजक लोकचन्द्र अधिकारी, शब्द चिन्तन युवा संघका उपाध्यक्ष सूर्य दवाडी, लगायतका धार्मिक प्रतिनिधिहरूसँग समेत भेट्घाट गर्दै राष्ट्र बचाउनको लागि सबै क्षेत्रका व्यक्तित्त्वहरूले आआफ्नो स्थानबाट योगदानी गर्नुपर्ने बेला आएको पक्ष प्रति विशेष जोड् दिनु भएको  उल्लेख  गर्दै  बाबा बिहीवार मध्यान्ह दिल्ली प्रस्थान गर्नु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।