काठमाडौ चैत १८, आगामी चैत ३० देखि वैशाख ११ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको आयोजना हुँने भएको छ । कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा आयोजना हुँने प्रस्तुत प्रतियोगितामा नेपालका ए डिभिजनका १० फुटबल टोली र दुई विदेशी गरी १२ टोलीको सहभागिता रहने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।
कास्की जिल्ला फुटबल सङ्घलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार ए डिभिजन अन्र्तगत थ्री स्टार, मनाङ मस्र्याङ्दी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, झापा ११, धरान ११, रुपन्देही ११, सिमरा, पोखरा तथा बङ्गलादेश र भारतका १÷१ टोली रहने उल्लेख गरिएको छ । त्यस्तै समाचारमा मनकामना केबुलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका विजेताले रु पाँच लाख पाँच हजार ५५५ र उपविजेताले रु दुई लाख ५५ हजार ५५५ नगद , पदक र सिल्ड प्रदान गरिने बताईएको छ ।