बिहिबार, बैशाख १३, २०८१

अविजित यात्रा जारी राख्दै जनकपुर सेमी फाइलनमा

चितवन चैत १८ , चितवनमा सञ्चालन भइरहेको दोस्रो नेपाल मारवाडी क्रिकेट लिगमा आफ्नो अविजित यात्रा जारी राख्दै मारवाडी युवा मञ्च जनकपुर सेमी फाइनलमा प्रवेश गरेको छ । लिग चरणको दुवै खेल जितेर क्वार्टर फाइलन प्रवेश गरेको जनकपुरले मारवाडी युवा मञ्च Cricket1-e1441789990740धनगढीलाई पाँच विकेटले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो ।  बिहीबार नारायणगढको क्याम्पा चौरमा भएको दोस्रो क्वार्टरफाइनमा टस हारेर ब्याटिङको निम्ता पाएको धनगढीले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८९ रन जोड्न सफल भयो । ९० रनको विजय लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ११ दशमलब तीन ओभर खेल्दै पाँच विकेटको क्षतिमा विजय लक्ष्य भेटायो ।  जनकपुरको जितको लागि चन्दन टिग्रीवालले १९ बलमा ३१ रन, आकाश चोपडाले १६ बलमा ११ रनको योगदान दिए । जनकपुरका लागि बलर अनफिल चोपडाले चार ओभरमा १९ रन खर्चिदै तीन विकेट लिन सफल भए । त्यस्तै राहुल नहोरले चार ओभरमा १६ रन खर्चिदै तीन विकेट लिएका थिए भने राहुल बर्मा चार ओभरमा १४ रन खर्चिदै एक विकेट लिन सफल भए ।

धनगढीको लागि गौरव अग्रवालले ५४ बलमा २६ रन, मुकेश सिंगलले १२ बलमा १३ रन तथा नविन गोयलले नटआउट ११ बलमा नौ रनको योगदान दिनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । धनगढीका लागि राहुल बंशलले तीन ओभरमा १५ रन खर्चिदै दुई विकेट, पुनित मोहपालले दुई ओभरमा १० रन खर्चिदै दुई विकेट लिएका थिए । बिहीबारको खेलमा जनकपुरका चन्दन टिग्रीवाल म्यान अफ दी म्याच घोषित भए ।  शुक्रबार हुने सेमी फाइलनमा जनकपुर र भैरहवाबीच प्रतिष्पर्धा हुने नेपाल मारवाडी युवा संगठनका केन्द्रीय महासचिव सन्दिप कुमार अग्रवालले जानकारी दिए । जनकपुरले धनगढीलाई हराउँदै सेमी फाइनलमा प्रवेश गरेको हो भने बुधबार भएको प्रतियोगितामा भैरहवाले नारायगढलाई १८ रनले हराउँदै सेमी फाइनलको यात्रा तय गरेको थियो ।

शुक्रबारको खेलमा विजयी हुने टोली पश्चिम क्षेत्रको बिजेता हुँदै पूर्व क्षेत्रको विजेतासँग चैत २२ गते बिराटनगरमा हुने फाइलनमा प्रतिष्पर्धा गर्ने मारवाडी युवा संगठनका केन्द्रीय अध्यक्ष कञ्चन कुमार अग्रवालले बताए । चैत १३ गतेदेखि सुरु भएको प्रतियोगितामा मारवाडी समुदायका जम्मा १२ टोली सहभागी रहेका थिए । जनकपुरबाट पश्चिम तर्फको खेल नारायणगढमा आयोजना गरिएको थियो भने पूर्व क्षेत्रको खेल बिराटनगरमा सञ्चालन भइरहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829