बुधबार, बैशाख १९, २०८१

नागार्जुन थाप्तलेका तामाङ वस्तीमा भूकम्प पिडितका लागि लायन्सले दिए पक्की घर

काठमाडौ��� चैत्र ४,  वैशाखमा गएको महाभूकम्पाबाट पिडितका नागार्जुन– ११ थाप्तलेस्थित तामाङ परिवारको लागि लायन्स क्लव image15image10image14image13
image11
image9मलेसिया–३०८ बी वनको सहयोग एवम लायन्स क्लव नेपाल–३२५ बी वनको व्यवस्थापनमा पक्की घर निर्माण गरि हस्तान्तरण गरेका छन ।
निम्न आय भएका अधिकांश तामाङ परिवारको वस्तीका ५५ घर भत्किएको वर्ष दिन पुग्दा पनि ओत लाग्न समस्या भएपछि स्थानीयले नै लायन्स क्लवमा निवेदन दिएपछि कल्वले सहयोग स्वरुप पक्की घर निर्माण गरि पिडितलाइ बुधवार कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकावीच हस्तान्तरण गरेको हो ।

सरकारले घर निर्माणका लागि दिने राहतको टुंगो नलाग्दै क्लवको पुनर्निर्माण कोषमा रहेको ५० लाख रुपैयाँबाठ निर्माण समितिका सचिव प्रशान्त मानन्धरले प्रारम्भिक अध्ययन सर्वेक्षणमा यहाँका परिवारको अवस्थालाइ मध्यनजर गर्दै प्रस्तुत योजना कार्यान्वयन गरेको जानकारी दिनु भएको छ ।

त्यस्तै घर निर्माण समितिका संयोजक मणिश्री रत्न बज्राचार्यका अनुसार ५० लाख रुपैयाँको लागतमा हाललाइ वस्तीका निम्न आय भएका परिवारका लागि पहिलो चरणमा ५ वटा बनायौं यसपटि थप घरहरु निर्माण गर्दै जाने जानकारी दिनु भएको छ।

त्यस्तैगरि कार्यक्रमका प्रमुख आकर्षक  अभिनेता मदनकृष्ण श्रेष्ठले थाप्लेमा पुनर्निर्माणका लागि सहयोग गरेका मलेसियाका लायन्सकर्मीलाई धन्यवाद दिदै प्रप्त सहयोगलाइ पूराका पूरा सदुपयोग गर्न पनि आग्रह गर्नु भएको निर्माण समितिका संयोजक मणिश्री रत्न बज्राचार्य जानकारी दिनु भएको छ ।