शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ रङहरुको पर्व होली सुभारम्भको रौनक (फोटो फिचर)

काठमाडौं चैत्र ४ , मानन्धर सनाःगु खल गुठीका मानन्धरहरुले चिर गाड्नुपर्ने परम्परा अनुरुप प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन 12अर्थात वर्ष ०७२को लागि बुधवार लागि राजधानीको बसन्तपुरमा रंगीचंगी कपडाका टुक्राहरु झुण्ड्याइएको चीर ठड्याएपछि मुलुकभर 45678होलीको माहोल सुरु भएको छ । बसन्त ऋतुको स्वागतसँगै साताव्यापी रुपमा उकआपसमा मैत्री एवम् सद्भावपूर्वक खेलिने यो पर्वमा ख्याली, टप्पा र बसन्त राग गाउँदै नाच्दै अविर लगाएर शुभकामना आदानप्रदान गरिन्छ ।

धार्मिक कथन अनुसार आफ्ना विष्णुभक्त पुत्र प्रह्लादको हत्या गर्न खोज्ने दैत्यराज हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माबाट आगोले नपोल्ने वर पाएकी हुन्छिन् । प्रह्लादलाई मार्ने योजनासाथ दन्किरहेको आगोमा पस्दा होलिका आफै भष्म भएको तर प्रह्लादलाई केही नभएको प्रसंग यस पर्वसँग जोडिएको छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको खुशीयालीमा त्यसै बेलादेखि होली अर्थात् फागु खेल्ने परम्परा चलेको मानिन्छ । यस वर्ष राजधानीमा र पहाडमा चैत्र ९ गते तथा तराई क्षेत्रमा भने भोलिपल्ट चैत्र १० गते होली मनाइदैछ ।

यसैवीच भक्तपुरमा भने स्थानीय दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ। फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग लाई टोल(टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिन्छ। काठबाट बनेको दुई हात लामो लिङ्ग करिब ३० इन्च मोटाई रहेको छ। यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ।नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ .

साङ्केतिकरूपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहने गरेको छ्र होली पर्व सुरू भएपछि फागुन नवमीको दिनमा भिमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरी रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिन्छ्रघर र पसल घुमाएको लिङ्गलाई भक्तजनले ढोग्ने र दान दक्षिणा चढाउने गर्दछन । लिङ्गको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको छ्र9 । 10फागुन शुक्ल अष्टमीको दिन हनुमानढोकामा पनि सानो चिर उठाउँने गरिन्छ ।  11 12 13 14 15 16 17