शुक्रबार, बैशाख २१, २०८१

सशस्त्रले केन्द्रदेखि इकाइ सम्म सूचना अधिकारीको नाम, नम्बरसहितको साइनबोर्ड राख्ने

Captureकाठमाडौ चैत्र ३ , छिटोछरितो ढङ्गले आफ्ना सूचना प्रवाह गर्दै आएको सशस्त्र प्रहरी बलले आफ्नो सङ्गठनका बारेमा सर्वसाधारणले सहज ढङ्गले सूचना प्राप्त गर्न सकोस भन्ने लक्ष्य सहित सूचना अधिकारी तथा प्रवक्ता, सहायक सूचना अधिकारी तथा सहायक प्रवक्तालगायत Captureसम्बन्धित एपिएफ इकाइका सूचना अधिकारीको सम्पर्क नम्बरसहितको साइनबोर्ड आगामी चैत महिनाको १५ गतेभित्र सम्पूर्ण कार्यालयमा राख्न सर्कुलर जारी गरेको छ ।

जारी सर्कुलरमा बलले महानगरीय सशस्त्र प्रहरी कार्यालयलगायत सशस्त्र प्रहरी बलको बाहिनी, प्रशिक्षण संस्था तथा गण, सीमा सुरक्षा कार्यालय, गुल्मलगायतका एपिएफ इकाइ सबै ठाउँमा सो कार्यालयमा आउने जोसुकैले पनि सजिलैसँग देख्न सक्नेगरी साइनबोर्ड राख्ने कार्य भइरहेको जनाउँदै सङ्गठनको सूचनावोर्डमा सूचना दिन तोकिएका आफ्ना अधिकृतको नाम, सम्पर्क नम्बर र तस्बिरसहितको साइन बोर्ड बलका सम्पूर्ण स्थायी इकाइमा देखिने गरी टाँस्न समेत भनिएको छ ।