बिहिबार, बैशाख १३, २०८१

खुमबहादुरले हिन्दु राष्ट्रको एजेन्डा केन्द्रीय समितिमा पेश गर्ने

काठमाडौ चैत ४ , नेपाली कांग्रेसको १३ औ महाधिवेशनबाट केन्द्रीउ सदस्यमा दोस्रो नम्वरमा निर्वाचित खुमबहादुर खड्काले नयाँ संविधानमा धर्म निरपेक्षता जबरजस्ती थोपरिएको जिकिर गर्दै बुधबार राती विविसी नेपाली सेवासँग कुराकानी गर्दै भने  अब कांग्रेसको  केन्द्रीय बैठकमार्फत हिन्दु राष्ट्र निर्माणको एजेन्डालाई प्राथमिकताका साथ उठाउने बताएका छन् ।

सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरी जेल जीवन विताएर पनि कांग्रेसको सक्रिय राजनीति रहेका खड्काले जनताको म्यानडेटलाई संविधानले नसमेटेको बताउँदै हिन्दु राष्ट्रको एजेन्डा केन्द्रीय समितिमा पेश गर्ने र त्यहाँ पास नभए महासमितिमा समेत लाने तयारी भएको उद्घोष गर्नु भएको छ ।

भ्रष्टाचारको अभियोगका विषयमा उनले भने,‘कोही एउटा मान्छेले मसँग खुमबहादुरले पैसा खाएको छ भन्ने देखाउँन चुनौति दिदै भने कोही माइका लाल छ त्यसो भन्न सक्ने ? ’

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829