मङ्लबार, बैशाख २५, २०८१

आज विधिवत चीर लिङ्गो ठडयाइएसङगै रङ्हरुको पर्व होली सुरु

(फाइल फोटो)

काठमाडौं चैत्र ३, आज फाल्गुण शुक्ल अष्टमी अर्थात वसन्त ऋतुको स्वागतसँगै यो साताव्यापी खेल्ने होलीको सुभारम्भको दिन । आजबाट  राजधानीको वसन्तपुरमा रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै मुलुकभर होलीको माहोल सुरु हुन्छ । चीर ठड्याउन नेपाल पञ्चांग निर्णायक समितिले  आज विहान बिहान ७ बजेर ४७ मिनेटको साइत जुराएको छ ।

आपसमा मैत्री एवं सद्भावपूर्वक खेलिने यो होलीपर्वमा ख्याली, टप्पा र वसन्त राग गाउँदै, नाच्दै अबिर लगाएर शुभकामना आदानप्रदान गरिन्छ । पूर्णिमाको रातमा चीर ढालेर टुँडिखेलमा पुर्‍याई दाह गरेपछि होली पर्व समाप्त हुन्छ । यसको भोलिपल्टबाटै वसन्त ऋतु आरम्भ हुन्छ ।    होली पर्व मनाउने सम्बन्धमा धार्मिक ग्रन्थमा हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रहलादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रहलादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ । भने फाल्गुण शुक्ल पूर्णिमाको रातमा होलिकाको प्रतीक चीर जलाउने परम्परा रहेको लोक कथन छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829