शुक्रबार, बैशाख ७, २०८१

काठमाडौँ प्रजिअ सुवेदीद्दारा ३ महिने कार्यविवरण सार्वजनिक

काठमाडौँ जिल्लामा २५ नक्कली भूकम्पपीडितले आफूहरुले लिएको राहत रकम फिर्ता

काठमाडौँ चैत्र २, काठमाडौँका प्रजिअ रामकृष्ण सुवेदीले गत पौष १ गतेदेखि कार्यभार सम्हाले यता अहिलेसम्म ३  महिनाको अवधिमा भए गरेका काम कारबाहीको विवरण आज कार्यालयमा सार्वजनिक गर्नु भएको छ । आज उहाँले सार्वजनिक गर्नुभएको ३ महिने कार्यविवरणमा district-administration-office-kathmanduकाठमाडौँमा शान्तिसुरक्षा कायम गर्न आवश्यक कार्यनिति बनाउँनुको अलावा राजधानी लगायतका क्षेत्रमा सञ्चालित ‘फुटसल’हरूको व्यवस्थापन एवम् दैनिक उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि पहल गरिएको तथा बढी मूल्य लिनेमाथि कारबाही गरिएको सुरु गरिएको उल्लेख गर्नुभएको छ ।

त्यस्तै विवरणमा सार्वजनिक स्थानमा चुरोट तथा सुर्तीजन्य वस्तुको सेवनमा कारबाही अगाडि बढाइनुको अलावा अहिलेसम्म तीन हजार २२६ जनाबाट एक सयका दरले जरिवाना गरी तीन लाख २२ हजार ६०० राजस्व संकलन र ३ महिनाको अवधिमा कालोबजारीको आरोप लागेका ६७ व्यक्तिमाथि मुद्दा र सार्वजनिक अपराधसम्बन्धी ५८३ मुद्दा दर्ता गरिएको जानकारी दिनु भएको छ । साथै बजार अनुगमन नियमित गर्न छवटा विशेष समूह गठन गरी कालोबजारी र अनुचित कार्य गर्नेमाथि पनि जिप्रकाले कारबाही अगाडि बढाउँनुको अलावा कार्यालयमा हाजिरी, पोसाक लगायतका छड्के गरी ११० जनामाथि कारबाही गरिएको उल्लेख गरिएको छ ।

यसैवीच काठमाडौँ जिल्लामा २५ नक्कली भूकम्पपीडितले आफूहरूले लिएको राहत रकम फिर्ता गरेको जानकारी दिदै प्रजिअ सुवेदीले यसरी नक्कली भूकम्पपीडित बन्दै भूकम्पपीडितको परिचयपत्र बनाएर कीर्तिपुर, नागार्जुन, तारकेश्वर र गोकर्णेश्वर नगरपालिकाका २५ जनाले लिएका तीन लाख रुपैयाँ फिर्ता गरेको बताउँनु भएको छ ।  साथै त्यसक्रममा उहाँले असम्बन्धित व्यक्तिले भूकम्पपीडितको परिचयपत्र र राहत प्राप्त गरेको उजुरीको छानबिनका लागि समिति गठन भइरहेको र अन्य त्यस्ता व्यक्तिले पनि राहत रकम बुझेकाबारे छानबिन भइरहेको जनाउ दिदै कुनै असम्बन्धित व्यक्तिले रकम लिएको भेटिए उजुरी गर्नसमेत सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
2829