आइतवार, बैशाख २३, २०८१

आज शेर्पा समुदाय आज नयाँवर्ष ग्याल्पो ल्होसार मनाउदै, ल्होसारको अवसरमा राष्ट्रपति र उपराष्ट्रपति र प्रम ओलीद्दारा शुभकामना व्यक्त

 

मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस :  राष्ट्रपति भण्डारी

20150322preps-on-to-promulgate-new-statute-on-republic-day-300x0काठमाडौ फागुन २६, आज विश्व पर्वतारोहणको इतिहासमा बहुचर्चित हिमाली आदिवासी शेर्पा समुदायले आज नयाँ वर्ष ग्याल्पो ल्होसार मनाउँदैछन् । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा विविधताले भरिपूर्ण सिङ्गो नेपाली संस्कृतिभित्रको शेर्पा जाति तथा समुदायको संस्कृति, भाषा, वेशभूषा र परम्परा आफैँमा मौलिक, सु–संस्कृत, सम्पन्न र समृृद्ध रहनुको अलावा हिमाल आरोहणको क्षेत्रमा मुलुको गौरव कायम गर्दै आएका शेर्पा समुदायको प्रस्तुत पर्वल सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाइ एकता, सद्भाव, मित्रता, मेलमिलाप र सहिष्णुतालाई अक्षुण राख्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको छ

ल्होसारले आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्ने सहायक सिद्ध होस : उपराष्ट्रपति पुन

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा आज जारी गर्नु भएको शुभकामना सन्देशमा नेपाली जनताले विभिन्न कालखण्डमा पटक–पटक गर्दै आएको ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण सङ्घर्षबाट नेपालीले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीलगायतका अग्रगामी परिवर्तन प्राप्त गरेको स्मरण सहित जननिर्वाचित संविधानसभाबाट सङ्घीय गणतन्त्र नेपालको संविधान जारी भएर कार्यान्वयनको प्रक्रियामा रहेको वर्तमान परिवेशमा राष्ट्रिय एकताको जगलाई थप सुदृढ बनाउँदै मुलुकको सर्वाङ्गीण विकास, प्रगति र समृद्धिका लागि सम्पूर्ण नेपालीबीचको हातेमालोको खाँचो पूरा गर्न ग्याल्पो ल्होसारले आपसी मेलमिलापको वातावरणसमेत सिर्जना गर्ने सहायक सिद्ध हुँने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।

भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु-याओस : प्रम ओली

यसैवीच ग्याल्पो ल्होसार–२०७२ कै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वद्ध सवैमा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामना व्यक्त गर्दै शेर्पा समुदायमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् र शेर्पा समुदाय र अन्य समुदायका नेपालीबीच एकआपसमा भाइचारा र घनिष्ठता अभिवृद्धि गर्नमा सहयोग पु¥याओस् भन्ने शुभेच्छा प्रकट गर्नुभएको छ । त्यस्तै सन्देशमा नेपाल downloadबहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै विभिन्न समुदायको धार्मिक र सांस्कृतिक पर्वले आपसमा भाइचारा स्थापित मात्र गर्दैनन्, सबै धर्म, जातजाति, भाषा र संस्कृति मान्ने समुदायलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान गर्न, संरक्षण र सम्वद्र्धन गर्न ���नि अभिप्रेरित गर्ने जिकिर गर्नु भएको छ ।