बिहिबार, बैशाख १३, २०८१

महिला सशक्तीकरणका लागि सबैलाई एकाकार हुन आह्वान

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रपति भण्डारी र प्रम ओलीद्दारा शुभकामना अभिव्यक्त

काठमाडौ फागुन २५, आज आज १०५ औं अन्तर्राष्ट्रिय नारी दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजनागरि मनाइदै छ । संयुक्त राष्ट्र सङ्घले सन् १९७५ लाई अन्तर्राष्ट्रिय नारी वर्षका रूपमा मनाई हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप यो दिवस मनाउँ सुरु गरिएको हो । नेपालमा पनि दिवसको अवसरमा सरकारको तर्फबाट र विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरूले पनि छुट्ता छुट्टै कार्यक्रमको आयोजना गर्दै दिवस मनाउँदैछन । भने विभिन्न राजनीतिक दलका महिला संगठनहरुले पनि दिउँसो र्याली तथा सभा गर्दैछन् ।

यसै क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवाधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नु भएको शुभकामना सन्देशमा महिलाको विद्यमान अवस्थालाई उठाउनका लागि समावेशीकरण, सशक्तीकरण, मूलप्रवाहीकरण, क्षमता विकास, सुरक्षा, संरक्षणजस्ता आयामलाई एकीकृत रूपमा अगाडि बढाउन जरुरी रहेको उल्लेख गर्नु भएको छ । त्यस्तै नेपालमा नेपाली महिलाको समग्र स्थिति सन्तोषप्रद रूपमा माथि उठ्न नसकेको उल्लेख गर्दै उहाँले सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले धेरै हदसम्म महिलाको हकहित र सरोकारलाई समेट्ने प्रयास गरेको गरेको छ, यो सुखद् उपलब्धिलाई सदुपयोग गर्दै संवैधानिक प्रावधान अनुकूल कानुन, नीति र संरचना तयार गरी कार्यान्वयन गरेर मात्र महिला विकासको अवधारणालाई सुनिश्चित गर्न सकिने बताउँनु भएको छ ।

त्यस्तै दिवसको अवसरमा प्रम केपी ओलीले पनि एक शुभकामना सन्देस जारी गर्दै नेपाल सरकारले शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरणका लागि सरकारको तर्फबाट सुरु गरिएको अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गर्नुभएको छ ।  त्यस्तै सन्देशमा रोजगारी तथा निर्वाचनमा समेत महिलाका लागि आरक्षणको व्यवस्था गरिएको बताउँदै लैङ्गिक समानता, महिला सशक्तीकरण तथा महिलासँग सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन अनुसन्धान गरी त्यस्तो कानुनमा सुधारका लागि सम्बन्धित निकायलाई सुझाव दिइने प्रतिवद्धता सहित महिला सशक्तीकरणका लागि सरकारी, गैरसरकारी, निजीक्षेत्र तथा नागरिक समाजलाई आआफ्नो स्थानबाट योगदान पु¥याउन प्रधानमन्त्रीले आह्वान गर्नुभएको छ ।