बिहिबार, बैशाख २०, २०८१

काँग्रेस महाधिवेशनमा भारत,चिन,बर्मा लगायतका विभिन्न मुलुकबाट विशिष्ट व्यक्तिहरु सहभागी हुँने

काठमाडौ फागुन १७ , काँग्रेसको आगामी फागुन २० गते देखि सुरु हुने १३औं महाधिवेशनको उद्घाटनसत्रमा विभिन्न देशका विशिष्ट व्यक्तिलाई अतिथिकारुपमा निमन्त्रणा गरिएको काँग्रेसले जनाएको छ ।  यसरी १३ औं महाधिवेशनको उद्घाटनसत्रमा सहभागी हुन आमन्त्रण गरिएको विशिष्ट पाउँहुँनाहरुमा क्रमस म्यानमाकी प्रजातन्त्रवादी नेत्री आङ्साङ सुकी सहित छिमेकी मुलुक भारतका भाजपाका Congress_Mahadhibetaion_252294018नेता तथा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, भाजपा अध्यक्ष अमित शाह, नेता भगतसिंह कोसियारी सहित भारतीय कांग्रेसका अध्यक्ष सोनिया गान्धी, उपाध्यक्ष राहुल, विहारका मुख्यमन्त्री नीतिश कुमार,दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाल, राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादव, भाकपाका महासचिव सीताराम यचुरी, राष्ट्रवादी कांग्रेस पार्टीका अध्यक्ष शरद पवार, महासचिव डिपी त्रिपाठी,नता दल युनाइटेडका अध्यक्ष शरद यादवलाइ आमन्त्रण गरिएको छ ।  त्यस्तै अर्को छिमेकी मुलुक चिनका कम्युनिस्ट नेता एवंम राष्ट्रपति सि जिनपिङ र पार्टीका अन्य केन्द्रीय सदस्यलाई पनि महाधिवेशनको उद्घाटन सत्रमा भाग लिनका लागि निमन्त्रणा गरिएको थाहा भएको छ ।