बिहिबार, बैशाख १३, २०८१

सशस्त्रका भ्रष्ट पूर्व महानिरीक्षक बस्नेत सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

1456745872_1871_1

काठमाडौं फागुन १७ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक सनतकुमार बस्नेत सहित ७ जना विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको छ ।  अख्तियारले आज पूर्व महानिरीक्षक बस्नेतले २०६६ वैशाखदेखि ०६८ श्रावण महिनासम्म सशस्त्रमा महानिरीक्षक पदमा रहँदा मातहत युनिटमा सामान ढुवानी गर्ने क्रममा सार्वजनिक खरीद ऐन, नियम विपरीत विभिन्न कर्मचारीहरुको नाममा ढुवानी प्रयोजनको लागी भनि पेश्की लिएको देखाई सामान नै ढुवानी नगरी, संचालन मै नभएका ट्रान्सपोर्टहरुको झुठ्ठा बिलहरु पेश गर्दै झुठ्ठा विवरण उल्लेख गरी ९ करोड १५ लाख ८१ हजार रुपैयाँ बराबर भ्रष्टाचार गरेको ठहर गरेको छ । 12804810_602773979871922_1109595327813995170_n

यसैगरी सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतविरुद्ध ७३ लाख र शिबबहादुर कार्कीविरुद्ध २३ लाख रुपैयाँ माग दावी गर्दै मुद्दा दायर गरेको अख्तियारले सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठ र लेखबहादुर खत्रीले १ करोड ६ लाख रुपैयाँ र अर्का सशस्त्र प्रहरी नायब निरीक्षक देबेन्द्रकुमार श्रेष्ठविरुद्ध ८३ लाख रुपैयाँ मा पेश्की लिएको देखाएर भ्रष्टाचार गरेको अनुसन्धानबाट देखिएको दावी गर्दै अख्तियारले आज मुद्धा दायर गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031