बुधबार, बैशाख २६, २०८१

यस्तो छ पार्टीलाई सुदृढ बनाउने नेता जोशीको ५ सुत्रीय विचार

काठमाडौ फागुन १७ , नेपाली काँग्रेसको आसन्न् १३ औं महाधिवेशनको संघारमा आइपुग्दा काँग्रेस केन्द्रीय सदस्य एवम् जुझारु नेता नविन्द्रराज जोशीले पार्टीलाई सुदृढ बनाउने भन्दै अग्रगामी विचारको प्रक्षेपण स्वरुप ५ सुत्रीय विचार अगाडि सारेका छन । नेता जोशीले 12659629_10203902420399597_2086339023_nआज ईमेजखबरसँग आज कुरा गर्दै आफ्नो ५ सुत्रीय विचार विचारको सार्वजनिक गरेको हो ।

त्यस्तै कुराकानीको क्रममा नेता जोशीले पार्टी गुट–उपगुटले थलिएको साथै पदमा मात्र बार्गेनिङ गर्ने परिपाटीले संगठन कमजोर बनेकोले एकताको प्रयास थाल्नुपर्ने बताउँदै–नेपाली कांग्रेसमा लामो समयसम्म काम गरेका नेता तथा कार्यकर्ताहरुलाई लाई प्राथमिकताका साथ अवसर प्रदान गरिनुपर्नेमा जोड दनिु भएको ट । त्यस्तै हाँले ािर्वजनिक गर्नु भएको विभार यस्तो रहेको छ ।

१.नेपाली कांग्रेसमा लामो समयसम्म काम गरेका नेता तथा कार्यकर्ताहरुलाई लाई प्राथमिकताका साथ अवसर प्रदान गर्नुपर्छ । एउटैलाई विभिन्न अवसरहरु दिने परिपाटीको अन्त्य गर्दै नयाँ र जुझारु व्यक्तिलाई अवसर प्रदान गरिनुपर्छ । अवसरलाई समान रुपमा वितरण गर्ने परिपाटीको थालनी गरिनुपर्छ ।

२.पार्टीले अहिलेसम्म गरेको कामको मूल्याकंन गर्दै समिक्षा हुनुपर्छ । सत्तामा रहँदा गरेका राम्रा कामहरुको प्रचार साथै मूल्याकंन गर्ने परिपाटीको थालनी तत्कालै हुनुपर्छ ।

३.युवालाई प्रोत्साहन गर्ने र सक्षम युवालाई पार्टीमा स्थान प्रदान गर्ने सिस्टम बसाइनुपर्छ ।

४. वीपीले तयार पार्नुभएको समाजवादी क्रान्ति र गणेशमानको आर्थिक क्रान्तिमार्फत मुलुकलाई सुदृढ बनाउने दिशामा सबै एकजुट हुनु पर्छ ।

५. राष्ट्र भित्र मात्र होइन कांग्रेसभित्र पनि लोकतन्त्रको प्रत्याभूति हुनुपर्छ । कांग्रेसीजनहरुमा पार्टीभित्रैबाट लोकतन्त्रको अनुभूति दिलाइनु पर्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031