शुक्रबार, बैशाख २१, २०८१

शब्द चिन्तनद्दारा पूर्व प्रम कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौं  माघ २९ ,  शब्द चिन्तन संरक्षण मण्डलले पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ । सो संरक्षण मण्डलका तर्फबाट मण्डलका प्रधानसंरक्षक स्वामी दुर्गादासले बिहीवार एक श्रद्धाञ्जली विज्ञप्ति जारी गरी श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो ।

श्रद्धाञ्जली विज्ञप्तिमा कोइरालाको योगदानको बारेमा चर्चा गर्दै स्वामी दुर्गादासले राजनीतिक क्षेत्रले सदियौंदेखिको नेपालको गरिमामय पहिचान हिन्दूराष्ट्रको परिचयलाई हटाउन खोजिरहँदा तथा त्यसका विरुद्ध धार्मिक क्षेत्र आन्दोलित भइरहेको बेलामा समुचित निकास आओस भन्ने मनसायले शब्द चिन्तन संरक्षण मण्डलले स्व। कोइरालाको प्रधानमन्त्री कार्यकालमा गत भाद्रमा कोइरालालाई ज्ञापन–पत्र बुझाएको स्मरण गर्नु भएको छ । साथै कोइरालाबाट सो ज्ञापन–पत्र बुझिसकेपछि तत्कालीन प्रमकोहैसियतमा उहाँले ज्ञापन–पत्रमा प्रस्तुत गरेको विषयलाई आफ्नो पार्टी र सरकारले गम्भीररूपमा मनन् गरिरहेको बताउनु भएको वचन कोइरालाको स्वर्गारोहण भएको यस क्षणमा सो संस्थालाई ताजावत् स्मृति भइरहेको उल्लेख गर्नु भएको छ ।

२त्यस्तै विज्ञप्तिमा अगाडि, संविधानमा धार्मिक क्षेत्रको मागको मर्म अनुसार सम्बोधन नभए पनि कोइरालालगायतको गाम्भीर्यताको कारणले नै सनातन धर्मलाई अनुसूचिमा भएपनि परिभाषाको रूपमा सम्बोधन गरिएको सो संस्थाको बुझाइ रहेको उल्लेख गरिएको छ ।
साथै संविधानमा हिन्दूराष्ट्र उल्लेख गर्न नसकेकोमा राजनीतिक क्षेत्रप्रति लक्षित गर्दै, देशको राष्ट्रिय अस्मिता विश्वको एकमात्र हिन्दूराष्ट्रको विशेष महत्त्वपूर्ण सान–मान र परिचयलाई मासेर यो भूमिको अस्तित्त्व परधर्मी एवम् अराष्ट्रिय तत्त्वको हातमा सुम्पिनको लागि सौदाबाजी गरिरहेका राजनीतिका खलनायकहरूले कोइरालाको निधनबाट आफूहरू पनि मर्नु पर्छ, मर्दा देश र जनताको मानसपटलमा स्मृति राख्नको लागि राष्ट्र–राष्ट्रियता, राष्ट्रिय अखण्डता, राष्ट्रधर्म, राष्ट्रिय मौलिकता एवम् राष्ट्रिय स्वाभिमान आदिको संरक्षणको लागि योगदान गर्नुपर्दो रैछ भन्ने बोध गरुन्, भन्ने उल्लेख गर्दै स्वामी दुर्गादासले संविधानको व्यवहारिक प्रयोग जे होला तर पनि स्व। कोइरालाको नेतृत्त्वको सरकारले नेपालको संविधानविहिन अवस्थालाई विसर्जन गर्दै संविधान दिएको र सो कुराको पहिलो श्रेय स्व. सुशील कोइरालालाई नै जाने तथा भावी पीढीले त्यसको स्मरण गरिरहने कुरा व्यक्त गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031