बिहिबार, बैशाख ६, २०८१

१३ औ महाधिवेशनलाइ विचारको महाधिवेशन बनाउँनु पर्नेमा नेता जोशीको जोड (विचारोत्तेजक भिडियो सहित)

काठमाडौं माघ २९  , नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सासंद नवीन्द्रराज जोशीले कांग्रेसमा नेतालाई भन्दा कार्यकर्तालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । काठमाडौं कांग्रेसको जिल्ला अधिवेशनमा बोल्दै जोशीले कार्यकर्ता उत्साहित बनाउन नसके नेपाली कांग्रेस असफल हुने बताउनु भएको हो । निकै आक्रामक र विचारोत्तेजक मन्तव्य दिएका नेता जोशीले नेताको वरीपरी घुम्नेले मात्रै जिम्मेवारी पाउने परम्परा अवका दिनमा अन्त्य गर्नुपर्नेमा जोड दिदै कांग्रेसभित्र असक्षमहरुले सक्षमलाई सिध्याउने खेल चलिआएको भन्दै १३ औं महाधिवेशनलाइ विचारको महाधिवेशन बनाउँनु पर्नेमा जोड दिनुभएको हो । अन्यथा अवको दिनमा काँग्रेसले आफुलाइ परिमार्जजन नगरे त्यसको परिणाम आफैमा घाटक हुने बताउँदै नेता जोशीले गाउँ,वडा तहबाट आएका विचारलाइ स्वीकार गर्दै उक्त विचारलाइ पार्टीले आफ्नो दृष्टिकोण बनाउँदै कार्यकर्तावृतमा उमङगको वातावरण सिर्जना गर्नुमा विशेष जोड दिदै मञ्चमा आसिन शिर्ष नेताहरुको ध्यानाकर्षण गराउँनु भएको थियो ।  जय नेपाल न्यूज .com

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031