मङ्लबार, बैशाख ११, २०८१

भ्रमणमा जानु पूर्व सबै दलसँग छलफल गर्न प्रम ओलीलाइ नेता केसीको सुझाव

काठमाडौ माघ २८, रिपोर्टर्स क्लबले आज राजधानीमा आयोजना गरेको एक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्रीले भारत भ्रमणमा जानु पूर्व सबै दलसँग छलफल गरेर दुई देशबीच हुने सम्झौताका विषयमा निर्णय लिनु ajउपयुक्त हुने बताउनुभएको छ ।

त्यस्तै एमालेका सांसद डा राजन भट्टराईले प्रधानमन्त्रीको भ्रमणका बेला राजनीतिक र दीर्घकालीन प्रकृतिका विषयमा छलफल गरी दुई देशबीचको व्यपार सहज बनाउने विषयलाई महत्व दिनुपर्ने जनाउ दिनु भएको थियो भने एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले दुई देशबीच अहिले बिग्रिएको सम्बन्ध सुमधुर बनाउन प्रधानमन्त्रीको भ्रमणले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
त्यस्तैगरि परराष्ट्रविद् डा.निश्चल पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा विगतमा भएको सम्झौताको कार्यान्वयन एवम् नयाँ हुँन सक्ने सम्झौताको सवालमा गृहकार्य स्वरुप छलफल गर्नुपर्नेमा जोड दिनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ