मङ्लबार, बैशाख २५, २०८१

मुलुकको दिशानिर्देस गर्न सक्ने नेतृत्व चुनिनुपर्नेमा वरिष्ठ नेता देउवाको जोड

काठमाडौ काँग्रेसको मंगलवार हुँने निर्वाचनको लागि सभापतिमा प्रधान, वैद्य, जोशी र बानियाँको उम्मेद्वारी

काठमाडौँ माघ २५, नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राजधानीमा आज काठमाडौँ काँग्रेसको जिल्ला अधिवेशनको उद्घाटन गर्दै काँग्रेस नेतृत्वको सरकारले समयमा निर्णय गर्न नसक्दा प्राधिकरणको नेतृत्व पारदर्शी रुपमा आउन नसेको बताउँदै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एकलौटी र अपारदर्शी काम गरे काँग्रेस चुप लागेर नबस्ने बताउनुभएको छ । त्यस्तै उहाँले आसन्न काँग्रेसको महाधिवेशनबाट ncसंविधान कार्यान्वयन, स्थानीय निकाय, प्रान्तीय र संसदीय निर्वाचन गराउँनदै मुलुकको दिशानिर्देस गर्न सक्ने नेतृत्व चुनिनुपर्नेमा जोड दिनु भएको छ ।
उद्घाटनसत्रलाइ सम्बोधन गर्ने क्रममा काँग्रेस महामन्त्री प्रकाशमान सिंहले नेपालको इतिहासमा भएका तीन ठूला आन्दोलनको नेतृत्व गर्दै प्राप्त उपलब्धिलाई काँग्रेसले संस्थागत गर्न नसकेकोमा आत्मालोचना सहित जिल्ला जिल्लाबाट आएका सुझावलाई काँगैसले आफ्नो नीति निर्धारणको मार्ग बनाउँनु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा केन्द्रीय सदस्यहरु नरहरि आचार्य ,नवीन्द्रराज जोशी, गगनकुमार थापा केन्द्रीय सदस्य अम्बिका बस्नेत ,सांसद ध्यानगोविन्द रञ्जित काठमाडौँ काँग्रेस सभापति भीमसेनदास प्रधान पूर्वसभापति तीर्थराम डङ्गोललगायतले आसन्न महाधिवेशनबाट चुनिने नेतृत्व सफल र सक्षम हुनुपर्नेमा बताउँनु भएको थियो।  त्यस्तै प्रमुख निर्वाचन अधिकृत श्यामराज ढुङ्गेलले मङ्गलबार बिहान मनोनयन दर्ता गरी अपराह्न मतदान गर्ने गरी निर्वाचन कार्यक्रम निर्धारण गरिएको जानकारी दिनुभएको उक्त अधिवेशनमा जिल्लाभरका एक हजार दुइसय ७३ प्रतिनिधिको सहभागिता रहको छ भने मंगलवार हुँने निर्वाचनको लागि सभापतिमा भिमसेनदास प्रधान, नरोत्तम वैद्य, राजुराज जोशी र सबुज बानियाँले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031