शुक्रबार, चैत्र १६, २०८०

ल्होछारको अवसरमा ३ दिने ल्होछार ज्ञान महोत्सव

काठमाडौं माघ २५ , तामाङ जातिको नयाँ वर्ष ल्होछारको अवसरमा ३ दिने ल्होछार ज्ञान महोत्सवको उद्घाटन गर्नु हुँदै शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले पुराना शासकहरुको पुराना सोचले गर्दा विभिन्न जातजातिका संस्कार संस्कृति, ज्ञान र सिप लोप  हुनेक्रम बढेको unnamed (2) unnamed unnamed (3) बताउनु भएको छ  । त्यस्तै मन्त्री पोखरेलले ज्ञान महोत्सवले आफ्नो भाषा, साहित्य, संस्कार, संस्कृति, ज्ञान र सिपका क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु हुदै महोत्सवको सफलताको कामना गर्नु भयो । उहाँले तामाङ सांस्कृतिक प्रदर्शनी कक्षको पनि अवलोकन गर्नु गर्नुको अलावा अमृत योन्जन–तामाङद्वारा लिखित ताम्बा दर्शन, ग्यासार योन्जनको स्कुल सेगे र हिरामान बलको नाम्सादिम पुस्तक पनि विमोचन गर्नु भएको थियो ।

बौद्धनाथ क्षेत्र विकास समितिको प्रायोजनमा बौद्धमा सुरु भएको ३ दिने ल्होछार ज्ञान महोत्सवको आज शिक्षा मन्त्री उद्घाटन गर्नु भएको हो । उद्घाटनकै क्रममा जापानका लागि नेपाली राजदुत डा। गणेश योञ्जनले ल्होछारलाई तामाङहरुको संस्कार, संस्कृति र ज्ञानलाई संरक्षण र सम्बर्धन गर्ने माध्यमका रुपमा लिनु पर्ने धारणा राख्नुु भयो । साथै डा. योञ्जनले तामाङहरुको ज्ञानलाई तामाङ समुदायमा मात्र नभइ आमनेपाली जनतामा पु¥याउनु पर्ने धारणा समेत राख्नु भयो । सो अवसरमा तामाङ कल्याण गुठीका खडकाजित लामा, बौद्धनाथ क्षेत्र विकास समितिका सम्पूर्ण कुमार लामाले आ-आआफ्ना विचार राख्नु भएको थियो ।