सोमवार, बैशाख २४, २०८१

भारतीय नेताको वक्तव्यप्रति परराष्ट्रको ध्यानाकर्षण

काठमाडौ माघ २०, परराष्ट्र मन्त्रालयले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले आन्तरिक विषयमा भारतका नेताका तर्फबाट  परराष्ट्र मन्त्रालयआएको भनिएको सार्वजनिक वक्तव्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा मन्त्रालयले दुई देशको आधारभूत चासोविपरीत आएका यस्ता वक्तव्यले दुई मुलुकको समान चासो र भावनालाई टेवा पु¥याउन नसक्ने जिकिर गरिएको छ ।

त्यस्तै दुई देशबीच रहँदै आएको सुमधुर सम्बन्धलाई कायम राख्न कोही कसैले पनि यस्ता वक्तव्यबाजी नगर्न नेपाल सरकारले आग्रह गर्दै द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन सबैको सकारात्मक योगदान र चासो रहनुपर्नेमा पनि परराष्ट्र मन्त्रालयले जोड दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031