मङ्लबार, बैशाख १८, २०८१

घूस लिँदालिँदै पक्राउ परेका तीन प्रहरीमाथि अनुसन्धान सुरु

काठमाडौं माघ १९, सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधि timthumb (1)ज्ञवालीसहित ३ जनामाथि छानबिन सुरु गरेको छ ।

आयोगका द्दारा आज जारी विज्ञप्तिमा उल्लेख भएअनुसार एकान्तकुनास्थित जावलाखेल पेट्रोल पम्पको स्वामित्व भोगचलन गर्ने सम्बन्धमा सञ्चालकबीच जारी विवादको निरुपण गर्ने नाममा महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रनाउ ज्ञवाली, प्रहरी निरीक्षक रमेशबहादुर सिंह र प्रनानि लालमणि पाण्डेले घूस मागेको सूचनाका आधारमा आयोग टोलीले सोमबार रु तीन लाख घूस लिँदालिँदाको अवस्थामा पुल्चोकस्थित थाइघर रेस्टुरेंन्टबाट र प्रहरी नायब निरीक्षक पाण्डेलाई रु एक लाख ५० हजारसहित कलङ्कीको स्टुडेन्ड क्याफेबाट पक्राउ गरिएको उल्लेख रहेको छ ।