काठमाडौं पौष २७, आज राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै उहाँको सालिकमा आज माल्यार्पण सहित २ सय ९४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
राज्यको तर्फबाट त्यस्तो कुनै औपचारिक कार्यक्रम नगरिएपनि राष्ट्रिय एकता दिवसको अवसरमा जनस्तरमा यो दिवस मनाउने क्रमलाइ भने निरन्तरता दिइदै आएको छ । यसैक्रममा पृथ्वी जयन्तीका दिन राष्ट्रिय जन सर्घर्ष मोर्चा लगायतका संघसस्थाहरुले यो दिवस भव्यतापूर्व मनाईदै गरेको जनाएको छ।