बिहिबार, बैशाख २०, २०८१

स्वास्थ्यमन्त्री चौधरीको सम्पति विवरण सार्वजनिक,राजधानीमा ४ आना जग्गा र १० तोला सुन र २० तोला चाँदी रहेको प्रष्टोक्ति

काठमाडौं पौष २७ , एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नु भएको छ । मन्त्री चौधरीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको सम्पति विवरणपत्र बुझाउँदै सार्वजनिक गर्नु भएको विवरणमा उहाँले आफ्नो नाममा जोशीपुर–४ मा पुख्र्यौली खेत र त्यस्तैगरि कैलाली जिल्लाको Ramjanam-Chaudhariजोशीपुर गाविस–४ मा पुख्र्यौली घर रहेको उल्लेख गरेका छन् ।

त्यस्तै, राजधानीको धर्मस्थलीमा चार आना जग्गा र स १० तोला सुन र २० तोला चाँदी रहेको उल्लेख गर्नुभएको छ । साथै उहाँले एभरेस्ट बैंकलगायतका बैंकहरुमा करिब रु एकलाख ४० हजार नगद मौज्दात रहेको जनाउँदै विभिन्न बैंकबाट रु १५ लाख ऋण लिएको विवरण समेत प्रविष्टि गर्नु भएको छ । त्यस्तै  छोरा मुकेश चौधरीको नाममा टाटासुमो गोल्ड गाडी र एउटा मोटरसाइकल रहेको पनि आफ्नो सम्पत्ति विवरणमा उल्लेख गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2015
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031