बिहिबार, बैशाख २०, २०८१

पूर्व राजाको बैंककमा गोप्य राजनीतिक भेटघाट

पूर्व राजा विहिवार स्वदेश फर्किने :माघको  दोस्रो साता मधेश भ्रमणमा जाने

सुनिल शर्मा / काठमाडौं

पूर्व राजा ज्ञानेन्द्र शाह दुई साता लामो बैंकक भ्रमणपछी विहिवार बिहान काठमाडौं फर्किने भएका छन्। ज्ञानेन्द्र शाहले बैंकक बस्दा भारत र चाइनाका विषेश दूतसँग नेपालमा राजसंस्था पुनस्स्थापना र हिन्दू राष्ट्र स्थापनाका बिषयमा गोप्य छलफल गरेको कुरा राजपरिवार श्रोतले जनाएको छ। पूर्व राजा ज्ञानेन्द्रको बैंकक भ्रमण स्वास्थ्य उपचारका लागि भनिए पनि राजनीतिक उद्धेष्यमा बढी केन्द्रीत रहेको थियो । त्यस्तै बैंककमा ज्ञानेन्द्र शाहले भारतका प्रमका विषेश दूत एस् शिव शंकर र न्याश्नल सिक्युरिटी एजेन्सीका प्रमुख अजित दोभालसँग गोप्य 20150722_anup_1छलफल गरेका छन्। दोभाल र एस् शिव शंकर भारतको थिन्क ट्यान्कर मानिन्छन्।

भारतले बिगत ५ महिना देखी नेपालको नयाँ संबिधानमा राजा र हिन्दू राष्ट्रलाई स्थान दिनु पर्ने दवाब नेपालका राजनीतिक दलहरु लाइ दिंदै आएको छ। भारतको उक्त आग्रहलाई नेपालका राजनीतिक दलहरुले बेवास्ता गरेको कारण भारतले अघोषित रूपमा बिगत ४ महिनादेखी नाकाबन्दी लगाएको कारण नेपालमा पेट्रोलियम पदार्थ, ग्याँस र औषधीको अवाभ भएको छ।  यसलाई लिएर नेपालका प्रमुख राजनीतिक दलले भारत विरुद्ध अन्तरराष्ट्रियकरन गर्न थाले पछी नेपाल-भारत सम्बन्ध ईतिहासमै सबै भन्दा बिग्रिएको अवस्था छ । त्यती मात्र होइन, पूर्वी नेपालको मधेश आन्दोलन शान्ति पूर्ण रूपबाट अब शसस्त्र रूपमा परीणत हुन थालेको छ। मुलुक विखण्डनको अवस्थामा पुगिरहेको बेला पूर्व राजा ज्ञानेन्द्र माघको पहिलो साता पूर्वी नेपालको बारा, पर्सा हुँदै जनकपुर, सुन्सरी, मोरङ भ्रमणमा जाने कार्यक्रम तय भएको राजपरिवार श्रोतले जनाएको छ। पूर्व राजा ज्ञानेन्द्रको हुने तराइ भ्रमणलाई अर्थपूर्ण मानिएको छ। यस अघी राष्ट्रपति विध्या भण्डारी जनकपुर स्थित राम-जानकी मन्दिर भ्रमणमा जाँदा ठुलो विरोध र अपमान सहनु परेको थियो। यती मात्र होइन विध्या भण्डारीले टेकेको ठाउँमा समेत पानीले पखाल्ने काम गरिएको थियो।

पूर्व राजाको तराइ भ्रमणसँगै पुष २७ अते राष्ट्र निर्माता श्री ५ बडा महाराज पृथ्वी नारायण शाहको जन्म जयन्तीको अवसरमा Prithvinarayanshahनेपाली ढाका टोपी सहित ५००० भन्दा बढीको नागरिक समूहले सलामी अर्पण गर्ने भएको छ। साथै प्रज्ञा प्रतिस्ठानले पनि पृथ्वी नारायण शाहको जन्म जयन्तीको अवसरमा रथ यात्राको कार्यक्रम तय गरेको छ। नेकपा माओवादी बिप्लब समूहले त नेपालमा राजसंस्थाको आवश्यकता रहेको भन्दै सो बिषयमा बोल्न पार्टी केन्द्रिय समितिमा अधिकारिक प्रतिनीधी नै खटाउने भएको छ।

  प्रस्तुत घटनाक्रमलाई हेर्दा नेपालमा राष्ट्रिय एकता र अखण्डतालाई राजसंस्थाको आवश्यकता महसूस भए तापनि राजालाई राजगद्धीमा कसरी पुनस्स्थापना गर्ने भन्ने प्रश्न उब्जिएको छ। नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र छेत्री नेपालमा राजसंस्था क्रान्ति बिना पुनस्थार्पना हुनसक्छ रु भन्ने प्रतिप्रश्न गर्नु हुन्छ। वहाँको यो अर्थपूर्ण भनाइले नेपालमा अर्को क्रान्ति राजसंस्था र हिन्दू राष्ट्रकोलागी हुन लागेको संकेत गर्दछ। यसै सेरोफेरोमा राजा ज्ञानेन्द्रको मधेश भ्रमण देखी बैंकक भ्रमणलाई राराजनैतिक विश्लेषकहरुले नयाँ ढंगबाट विश्लेशण गर्न थालेका छन्।  एक थरी राराजनैतिक विश्लेषकले ०४७ सालको संबिधानको बिकल्प नरहेको र नेपाली सेनाले कूू गर्नु पर्ने अवस्था सिर्जना भएको बताउँछन्। तर नेपालका राजनीतिक दलका नेताहरु भने सेना परिचालन गर्ने कुरा गरी रहेका छन् तर सेना आँफै भने परिचालित हुने अवस्था नरहेकोले नयाँ क्रान्तिको आवश्यकता सेनाले पनि महसूस गरेको छ।