शुक्रबार, बैशाख १४, २०८१

प्रम ओलीको भारत भ्रमणका लागि प्रारम्भिक तयारी सुरु भइसकेको उपप्रम थापाको जनाउ

काठमाडौ पौष  २२,  परराष्ट्र तथा उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतबाट आरम्भ हुने बताउनुभए पनि कुन मितिमा भारत भ्रमण हुने हो भन्नेबारेमा केही समय पछि जानकारी गराइने बताउँनु भएको छ । त्यस्तै रिपोर्टर्स Kamal-Thapaक्लबले आज आयोजना गरेको साक्षात्कारमा बोल्दै उपप्रम थापाले नेपाल–भारत सीमा नाकामा देखिएको असमझदारी क्रमस हट्दै गएको र वीरगञ्जबाहेक सबै नाका सहजरुपमा सञ्चालनमा रहेको जानकारी दिदै अवका दिनमा नेपाल भारतवीचको सम्बन्ध समानता र पारस्परिक हितका आधारमा अघि बढ्ने बताउँनुभएको छ ।

त्यस्तै उहाँले प्रम ओलीको भारत भ्रमणका लागि प्रारम्भिक तयारी सुरु भइसकेको जनाउ दिएपनि कुन मितिमा भारत भ्रमण हुने हो भन्नेबारेमा भने केही खुलाउँनु भएन । साथै तराई मधेसमा संविधानका विषयलाई लिएर आन्दोलनमा उत्रेका मधेसी मोर्चासँगको वार्ता निष्कर्षतर्फ उन्मुख रहेको जनाउँ दिदै उपप्रम थापाले जारी समस्या समाधानका लागि खाका तयार हुँदै गएको बताउँनु भएको छ ।