आइतवार, जेष्ठ ६, २०८१

मोर्चासँग आज साँझ निर्णायक वार्तामा बस्ने अध्यक्ष प्रचण्डको जनाउ

images (4)काठमाडौं  पौष  १९,  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज साँझ मधेसी ���ोर्चासंग निर्णायक वार्ता मार्फत मुलुकलाई निकास दिने बताएका छन् । एमाओवादीका अध्यक्ष पचण्डले विराटनगरमा आज स्थानीय संचारकर्मीसंग कुराकानी गर्दै ठोस एजेण्डासहित आज साँझ मोर्चासंग निर्णयक वार्ता हुने जानकारी दिएका छन् । त्यस्तै उहाँले त्यसअवसरमा मुलुकमाजारी लामो समयको गतिरोधलाई आजको वार्ताले अन्त्य गर्ने विश्वास समेत व्यक्त गर्नुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै समाचारमा संविधान संसोधनको दुई प्रस्ताव पास गर्ने पक्षमा आफुहरु रहेको भन्दै प्रचण्डले प्रस्ताव पास भएपछि अवरुद्ध नाकाहरुपनि खुल्ने विश्वास व्यक्त गर्नुभएको जनाईएको छ ।