बिहिबार, बैशाख २०, २०८१

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद ,भारत भ्रमणको निम्तो

प्रम ओलीद्दारा आपूर्ति व्यवस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौ पौष १६, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा आज टेलिफोन संवाद भएको छ । वार्ताको क्रममा उहाँहरुवीच मुलुकमा गत आश्विन ३ गते जारी संविधान प्रति विमति जनाउँदै मधेसमा आन्दोलन जारी राख्दै र्आका मोर्चाका माग सम्बोधन गर्न नेपाल सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधनको Untitled-11विधेयकलाई भारत सरकारले स्वागत गरेकामा प्रधानमन्त्री मोदीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्यस्तै प्रम ओलीले आपूर्ति व्यवस्था सहज नभएकोमा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै आफूले नेपाल र भारतबीचको सम्बन्ध सकारात्मक बनाउन चाहेको भारतका प्रमलाइ बताउँदै गर्दा प्रत्तिउत्तरमा भारतीय प्रम मोदीले नेपालकै राजनीतिक दलले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको भन्दै भारतका तर्फबाट कुनै रोकतोक नभएको बताउनुभएको बुझिएको छ । त्यस्तै टेलिफोन संवादकै क्रममा प्रधानमन्त्री ओलीलाइ दिनुभएको भारत भ्रमणको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार थाहा भएको छ ।