शनिबार, बैशाख ८, २०८१

व्यवस्थापिका संसदको बैठक आज पनि बस्दै,संविधानको पहिलो संशोधन विधेयकमाथि छलफल हुने

काठमाडौं पौष १४, मधेसी मोर्चामा आवद्ध दलका सांसदहरुको नाराबाजीकाबीच सरकारले पेश गरेको संविधानको पहिलो संशोधन विधेयकमाथि आज पनि छलफल हुने भएको छ । आज दिउँसो १ बजे बस्ने ससद बैठकमा सांसदहरुले विधेयकमाथि धारणा राख्नु हुने संसद prime-Minister-election-in-nepal-300x201सचिचवालयले जनाएको छ । सोमवार बसेको व्यवस्थापिका–संसद्को बैठकमा मधेसी मोर्चाका सांसदको नाराबाजीबीच सरकारका तर्फबाट विभिन्न प्रस्ताव प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको ‘एसियाली पूर्वाधार लगानी बैंकको विधान सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव ‘मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले अनुमोदन गरिएको थियो ।

त्यस्तै गरि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलद्वारा प्रस्तुत शिक्षाको ८ औं संशोधन विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति प्रदान गरिएको थियो । यसअघि, सभामुख ओनसरी घर्तीले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको ‘नेपालको संविधान ९पहिलो संशोधन० विधेयक, २०७२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथि छलफल सुरु भएको थियो । मधेसी मोर्चाले आफूहरुले उठाएका माग एकमुष्ट पूरा गर्नुपर्ने अडान लिंदै सदनमा विरोध गरिरहे पनि सत्तापक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबीचको सहमति अनुसार संसद बैठकमा संविधान संशोधन विधेयकमाथि छलफल सुरु गरिएको हो ।