सोमवार, बैशाख २४, २०८१

निलम्बित सशस्त्रका महानिरीक्षक वन्त १० करोड धरौटी जमानतमा छुटे

काठमाडौं पौष ६,  मिलेमतोमा नक्कली बिल बनाई करिब रु सात करोड भुक्तानी गरी गराई आर्थिक अनियमितता गरेको आरोपमा निलम्बित सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त रु १० करोड बराबरको बैंक जमानत दाखिला गरी तारिखमा छुटेका छन् । वन्तमाथि Kosh-raj-Wantaआव ०६९/०७० र ०७०/७१ मा विभिन्न सामान खरिद गरी त्यस मातहतका एकाइमा ढुवानी गरेको भनिएका कार्यमा आर्थिक अनियमितता गरेको अभियोगमा अभियोगबारे बयान दिन आज अख्तियार कार्यालय पुगेका थिए । बयानका क्रममा वन्तले जति पनि धरौटी राख्न तयार रहेको तर हिरासतमा नबस्ने बताएपछि अख्तियारले उनीसँग १० करोड घरौटी मागेको थियो ।

भ्रष्टाचारजन्य कसुर गरेको देखिन आएकाले निजलाई आयोगले धरौटी जमानतबापत रु १० करोड माग गरेकामा उक्त रकम बराबरको बैंक जमानत दाखिला गर्न ल्याएकाले निजलाई आज धरौटी जमानतमा तारिखमा राखी थप अनुसन्धान भइरहेको आयोगको विज्ञप्तिमा जनाइएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930